Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हराएको मोटरसाईकल गुल्मी प्रहरीबाट फिर्ता लैजान सकिने

Published on 5:56:00 PM //


गगनशिला खड्का
तपाइँको मोटरसाईकल हराएको छ ? हराएको छ र यदी तपाईँसंग मोटरसाईकलका कागजपत्रहरु छन् भने जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क गर्नुहोस त भेटीन सक्छ । अबैध रुपमा गुल्मी भित्राईएका चोरीका मोटरसाईकलहरु नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय गुल्मीले मोटरसाईकल धनि पत्ता लगाएर फिर्ता गर्ने व्याबस्था मिलाएको छ ।
सोमबार मोटरसाईकलहरु सार्वजनिक गर्दै प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले अन्यत्रबाट चोरी गरेर ल्याई गुल्मी जिल्लामा प्रयोगमा आएका २३ वटा चोरीका मोटरसाईकलहरु पक्राउ गरेको र ति मोटरसाईकलहरु चोरीका भन्ने प्रमाणीत भएको बताए । नियन्त्रणमा लिएका मोटरसाईकलहरुका चेसिस नम्बर, ईन्जिन नम्बर र रंग मोडल समेत कागजपत्र भिडाएर बास्तविक मोटरसाईकल धनी प्रमाणित भएमा फिर्ता गर्ने बताएको बताए । “ चेकिङ्गका क्रममा २०६८ अषाढदेखि मंसिर १५ गते सम्म हामीले विना कागजात चलाएका २३ वटा नियन्त्रणमा लियौँ , पछि कागजात लिएर आउँछौँ भन्नेहरुले अहिलेसम्म लिएर नआएपछि विबरण खोज्दा चोरीका भन्ने प्रमाणीत भयो, – सोमबाट पत्रकार सम्मेलनमा मोटरसाईकल सार्वजनिक गर्दै बैदवारले भने – “ मोटरसाईकल हराएका धनीहरुले सक्कली कागजपत्र भिडाएर उहाँको हो भन्ने प्रमाणित भयो भने हामीले फिर्ता गरीदिने ब्याबस्था गरेका छौँ ।”
प्रहरीले नियन्त्रणमा लिएका मोटरसाईकलहरुमा पल्सर ६ , स्पेलेण्डर ५ , डिस्कभर ३ , हिरो होण्डा ३ , आर . एक्स २ , अपाचे २ र यमाहा १ वटा रहेका छन् । प्रहरीले जिल्ला प्रहरी कार्यालयमा एक हप्ता सम्म मोटरसाईकलहरु प्रदर्शनीमा राख्ने र त्यो अवधिमा फिर्ता नलिएका मोटरसाईकलहरु भैरहवा भन्सार कार्यालयमा पठाईने बैदवारले बताए । पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म जसको मोटरसाईकल भएपनि जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क गर्नका लागी अनुरोध गरे । उहाँले मोटरसाईकलको विबरणहरु वेभसाईट, http://nepalpolice.gov.np/, http://www.gulminews.com/, http://gaganshilakhadka.tk/ लगायतमा हेर्न सकिने र आफ्नो मोटरसाईकल भएमा जिल्ला प्रहरी कार्यालय गुल्मीको टेलिफोन नम्बर ०७९–५२०१९९, तथा ९८४६२९८१७० मा फोन वा एसएमएस गरेर जानकारी गराउन समेत आग्रह गरे । यो एक हप्ताको अवधिको लागी जिल्ला प्रहरी कार्यालयमा सूचना डेक्स्क स्थापना गरी सोधपुछका लागी ब्याबस्था मिलाएको पनि प्रहरी कार्यालयले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग