Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बजार व्यवस्थापन समिति गठन

Published on 10:15:00 PM //


जनार्दन घिमिरे
गुल्मी जिल्लाको कृषि उत्पादन र बजार व्यवस्थापन गर्न गुल्मीमा जिल्ला कृषि सूचना तथा बजार व्यवस्थापन समिति गठन भएको छ । समितिमा ठुलो लुम्पेक गाविसका अगुवा कृषक हिमबहादुर कुवँर अध्यक्ष, अम्मरपुरका कृष्णप्रसाद घिमिरे उपाध्यक्ष, हुँगाका विष्णुप्रसाद भण्डारी सचिव र गौडाकोटका डिला नेपाली कोषाध्यक्ष रहेका छन् । त्यस्तै नयाँ गाउँका भरत कुवँर पूर्काेट दहका विष्णुप्रसाद घिमिरे, अर्खलेका भेषराज पन्थी, गुनाखर जोगी कुवँर र दिगामका तिलक न्यौपाने सदस्य रहेका छन् ।
समितिले व्यवसायीक बजारमुखी र गुणस्तरीय कृषि उत्पादनमा चेतना अभिवृद्धि गर्ने, थोक बजारको दैनिक मुल्य सूचि संचार माध्यमबाट नागरिकलाई सूचना प्रवाह गर्ने, राष्ट्रिय बजारको खोजीमा समन्वय गर्ने स्थानीय बजारको व्यवस्था मिलाउने र कृषकहरुको हकहित, सुरक्षा र अधिकारको संरक्षण गर्ने लगायतका उद्देश्यका साथ समिति गठन भएको अध्यक्ष हिमबहादुर कुवँरले बताए ।
समितिमा जिल्लाका अगुवा कृषकहरु रहेका छन् । प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौड्याल लगायतका कार्यलय प्रमुख स्थानीय राजनैतिक दलहरुको सहभागीता रहेको भेलाले समिति गठन गरेको हो । जिल्ला कृषि विकास कार्यलयका वरिष्ठ कृषि विकास अधिकृत नरहरीप्रसाद घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग