Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीको घमिरमा जिल्लामै नमुना नागरिक मञ्च

Published on 10:14:00 PM //


जनार्दन घिमिरे
गुल्मीको घमिर गाविसमा गठन भएको वडा नागरिक मञ्चले जिल्लाका सरोकारवाला निकायहरुलाई साच्चिकै एउटा छुट्टै पाठ सिकाएको छ । एउटा गैह्र सरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा त्यहाँ गठीत नागरिक मञ्चले सम्वन्धित कार्यालयले सुम्पेको जिम्मेवारीलाई निर्वाध रुपमा पुरा गर्नुका अतिरिक्त त्यहाँका मानिसहरुमा जगाएको जाँगर र उत्साहले कार्यक्रमको अनुगमन गर्न जिल्लावाट पुगेका राजनैतिक दल र जिल्ला विकास समितिलाई पनि छुट्टै नमुना देखाएर पठाएका छन् ।
जिल्ला विकास समिति गुल्मीद्वारा संचालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) अन्तर्गत गठन हुने वडा नागरिक मञ्चमा एकिकृत ग्रामिण विकास समाज गुल्मीले गरेको सहजीकरणले घमिर गाविसलाई सहभागिहरुले जिल्लाकै नमुना नागरिक मञ्चको संज्ञा दिन कत्ति कन्जुस्याँई गरेनन् । राजनैतीक दलका प्रतिनिधिहरु र जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेलले खुलेरै जिल्लाको मात्र नभई राष्ट्रिय स्तरमै नमुना योग्ग भएको दावी समेत गरे । गत पुसदेखि संचालित वडा नागरिक मञ्च घमिरले जिल्लामै पहिलो पटक आफ्नो प्रथम वार्षिक उत्सव मनाएको छ । उक्त संस्थाले वार्षिकोत्सवको अवशरमा आफुले गरेका र आगामिदिनमा गर्नु पर्ने कामका साथै स्थानीय समुदायमा उत्पन्न समस्याहरुलाई समेत कार्यक्रममा सार्वजनिक गरेको थियो ।
कार्यक्रममा वाजागाजा र स्थानीय जनजातीहरुका झाँकिहरुले त्यस क्षेत्रको पहिचानलाई समेत झल्काईदिएको थियो । कार्यक्रमका प्रमुख अतिथि स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेलले नागरिकहरु सचेत भएमा मात्र उनीहरुले आफ्नो हक अधिकारको वारेमा चासो राख्ने भन्दै त्यसले समाज रुपान्तरणकालागि ठूलो सहयोग पुराउने वताए । घमिर गाविसका प्रत्येक वडामा वडा नागरिक मञ्च गठन भएपछि आजभोली विपन्न र अशिक्षित व्यक्तिहरु समेत गाउँको विकास प्रति चासो दिन थालेका छन् । वडा नागरिक मञ्चका संयोजक टेकबहादुर विश्वकर्माले यतिवेला स्थानिय दलितहरुमा चेतनाको विकास संगै गाउँको विकासप्रति चासो वढेको दावी गरे ।
घमिर गाविसका दलीतहरु धनका धनि नभएपनि शिपका धनि भएको भन्दै दलीत समुदायहरुले घमिर गाविसमा लुगा सिलाउने, घरेलु औजार बनाउने तथा आरनदेखि जुत्ता सिलाउने, मादल वनाउने र वाजागाजा वजाउने सम्मका शिपहरुले पूर्ण भएको वताएका थिए । उनीहरुले आफुहरुको शिपको उचित मूल्यांकन नभएको भन्दै सदियौंं देखि त्यही शिपलाई निरन्तरता दिंदै आईरहेका त्यस क्षेत्रका दलितहरुको अवस्था अहिले पनि दयनीय भएको गुनासो गरेका थिए । विहान खाए वेलुका के खाने भन्ने अवस्थामा रहेका दलीत समुदायहरुमा आजभोली भने विस्तारै विस्तारै चेतनाको विकास जाग्न थालेको छ । घमिर गाविसमा (LGCDP) कार्यक्रम संचालन हुन थालेपछि उनीहरुमा आफ्ना हक र अधिकारका वारेमा चनाखो वन्न थालेका छन् । कार्यक्रममा घमिर गाविसमा सवैको जनचासो र सहयोगका कारण  (LGCDP) कार्यक्रम सफल भएको गाविस सचिव राजु शर्माले जानकारी दिए ।
हामीलाई विकास खोई ? हामी बालबालिकालाई आएको रकम अन्यत्र हाल्न पाइदैन ? महिला, दलित र जनतातिलाई आएको रकम सम्बन्धितकै उत्थानमा खर्च गर । लगायतका नाराहरु लेखिएका व्यानर र प्लेकार्ड बोकेका दलित महिला, तथा वृद्धवृद्धा र बालबालिका समेत विकास निर्माण र आफुहरुको उत्थानका लागि संचालित कार्यक्रम भएर होला निकै चासोका साथ सुनिरहेका थिए । कार्यक्रममा एकिकृत नेकपा माओवादीका राज्य समिति सदस्य युवराज केसी, नेपाली कांग्रेसका जिल्ला सचिव छन्द पहराई, नेकपा एमालेका जिल्ला सचिव सोमनाथ सापकोटा, गैरसरकारी संस्थाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, नेपाल प्रेस युनियनका केन्द्रिय सदश्य जनार्दन घिमिरे लगायतको सहभागिता रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग