Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा कालो प्लाष्टिक विक्रि वितरणमा रोक

Published on 6:01:00 PM //


जनार्दन घिमिरे
गुल्मी उद्योग वाणिज्य संघले आजदेखि गुल्मी जिल्लामा कालो प्लाष्टिकको विक्रि वितरणमा रोक लगाएको छ । फोहरमैला व्यवस्थापन र मानव स्वास्थ्यमा मुख्य समस्या वनेको कालो प्लाष्टिक जन्य पदार्थहरुले वातावरणीय सन्तुलन विगार्नुका साथै जिल्लाको जिवन्ततालाई समेत नकारात्कम अशर पारेको भन्दै गुल्मी उद्योग वाणिज्य संघले जिल्लामा पुस १ गतेवाट कालो प्लाष्टिकको प्रयोग पूर्ण रुपमा वन्द गर्ने घोषणा गरे को हो । गुल्मी उद्योग वाणिज्य संघले व्यापारि तथा उपभोक्ताहरुलाई पत्राचार गरि आजदेखि उक्त कालो प्लाष्टिक प्रयोग नगर्न आग्रह गरेको छ ।
गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीले कसैले कालो प्लाष्टिकको प्रयोग गरेको भेटिएमा पहिलो पटक उनीहरुलाई सुझाव दिई सचेत गराउने र त्यसपछि पनि अटेर गरि विक्रि वितरण र प्रयोग गरेको पाईएमा उसलाई कार्वाहीकालागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने वताउनु भएको छ । उहाँले गुल्मी जिल्लालाई स्वच्छ, सफा, हराभरा र स्वस्थ जिल्लाको रुपमा पहिचाहन गराउँदै आन्तरिक तथा वाह्य प्रर्यटकहरुलाई आकर्षित गर्दै जिल्लाको समग्र आयश्रोत वृद्धि गर्ने संघको दीर्घकालीन सोंचलाई साथ दिन समेत सवैमा आग्रह गर्नु भएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग