Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा डिजेल आपुर्ति सहज, व्यवसायी मख्ख

Published on 1:22:00 AM //


विष्णु पौडल
१ महिनादेखि पेट्रोलियम पदार्थको हाहाकार भएको गुल्मीमा सोमबारदेखी केही सहज भएको छ । रुपन्देही डिपोवाट आपुर्ति हुँदै आएको पट्रोलियम पदार्थ ट्याङ्कर व्यवसायीको आन्दोलनका कारण आपुर्ति हुन सकेको थिएन । पेट्रोलियम पदार्थको आपुर्ति नहुँदा समस्या झेल्दै आएका यातायात व्यवसायी सोमबारदेखी पेट्रोलियम पदार्थको आपुर्तिमा केही सहज भएपछि राहत महसुस गरेका छन् ।
 रुपन्देही डिपोमा पनि डिजल नभएपछि पोखरावाट डिजल मगाएर जिल्लाको आपुर्तिमा केही सहज वनाईएको प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले जानकारी दिनुभयो । उहाँले डिजलको आपुर्तिमा आजदेखि केही सहज भएपछि पेट्रोलको आपुर्ति सहज हुन भने अझै केही दिन लाग्ने वताउनुभयो । आईतवार र सोमबार गरी गुल्मी जिल्लामा २४ हजार लिटर पेट्रोल आएको र क्रमश वितरण गरिएको शिवशक्ति पेट्रोल पम्पले जनाएको छ । पेट्रोलियम पदार्थको अभाव भएपछि गत केही दिनदेखि गुल्मीमा एम्भुलेन्स समेत थप्प भएका थिए ।
उता दाङमा पेट्रोलियम पदार्थको अभाव भएको छ । पटकपटक गरी लामो समयदेखि पेट्रोलियम पदार्थको अभाव हुँदा यातायात व्यवसायी तथा सर्वसाधारण मर्कामा परेका छन् । तुलसीपुर क्षेत्रमा रहेका आधा दर्जन पम्पहरुमा पेट्रोलियम पदार्थको अभाव रहेको पम्प सञ्चालकहरुले जानकारी दिएका छन् । यसैबीच यातायात व्यवसायीहरुले पेट्रोलियम पदार्थको सहज आपूर्तिको माग गदै आज तुलसीपुरस्थित आयल निगमको राप्ती अंचल डिपोमा पुगेर ध्यानाकर्षण गराएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग