Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सहमतीय नेतृत्वको प्रयास चल्दै

Published on 1:21:00 AM //

पि.एम.मगर
नेपाल मगर संघ केन्द्रीय समितिको नयाँ नेतृत्व चयनका लागि आईतवारदेखि शुरु भएको वन्द सत्र सोमबार पनि जारी रह्यो । सोमवारको बन्द सत्र समितिका कोषाध्यक्ष कुलप्रसाद पुनले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको छ भने भोली मंगलवार सांगठनिक प्रतिवेदन तथा विद्यान मस्यौदा प्रस्तुत तथा छलफल हुने संघले जनाएको छ ।
 त्यस्तै मुलुकको वर्तमान अवस्था, मगर समुदायले अव खेल्नुपर्ने भुमिका एवं दायित्वका विषयमा छलफल भएको थियो ।
महाधिवेशनमा ६३ जिल्ला, ५ भातृसंगठन एवं विभिन्न देशहरुवाट गरी साढे ४ सय प्रतिनिधी तथा पर्यवेक्षकको उपस्थिति रहेको छ ।
मंसिर २४ गतेबाट सुरु भएको महाधिवेशन नयाँ नेतृत्व समेत चयन गर्दै मंसिर २७ गते सम्पन्न हुने महाधिवेशन व्यवस्थापन समिति संयोजक बालसिंह काउछाले जानकारी दिए । महाधिवेशनको अर्थमन्त्री बर्षमान पुनले शनिवार उद्घाटन गरेका थिए ।
अहिले अध्यक्ष पदका लागि तीन जनाको नाम चर्चामा आएपनि सहमतीय प्रक्रियावाट नयाँ नेतृत्व चयनका लागि प्रयास भईरहेको र सम्भवत भोली वेलुकीसम्म नयाँ नेतृत्व चयन गर्ने काउछाले वताए । काउछाले ऐतिहासिक भुमी गुल्मीमा चलिरहेको महाधिवेशनवाट पनि ऐतिहाँसिक सहमतिका आधारमा नेतृत्व चयन गर्ने आशा व्यक्त गरे ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग