Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सघींय राज्यहरु जातीय आधार बनाउन नहुने समाषदलाई नागरीकको सुझाव

Published on 4:10:00 PM //

मनोज बस्नेत
सङघीयतामा जाँदा राज्यहरु जातीय आधारमा बिभाजन गर्न नहुने गुल्मीको तम्घासमा सम्पन्न एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । उनिहरुले जातीय आधारमा सघींय राज्य बिभाजन गर्दा रक्तपात निम्तन सक्ने चेतावनी दिएका छन् । जागरण नेपाल काठमाण्डौको सहयोगमा एकीकृत ग्रामीण विकास समाज गुल्मीले शनिबार जिल्ला विकास समिती गुल्मीको सभाहलमा गरेको नयाँ सबिंधान निमार्ण प्रक्रियामा नागरीक सहभागीता कार्यक्रमका बक्ताहरुले यस्तो चेतावनी दिएका हुन् ।
सभाषद नारायणी घिमिरेको बिषेश उपस्थिती रहेको कार्यक्रममा बिषेश समय लियर बोल्दै अनेरास्वीयु गुल्मीका सयोजंक ओम बहादुर कार्कीले सघींयतामा जाँदा होसीयारी अपनाउनु पर्ने बताउनुभयो । बेरोजगार युवालाई भत्ता दिने कानुन ठिक नभएको भन्दै सयोंजक कार्कीले यसरी युवा शक्ति परजिवी हुने भएकोकोले बेराजगारलाई भत्ता नभएर आर्यआर्जन मुलक बिभीन्न सिप दिईनु पर्ने सुझाव राख्नुभयो । त्यस्तै अनेरास्वीयुकै सगंठन विभाग प्रमुख राजेन्द्र बिक्रम कुवंरले सघींय राज्य जातीय आधारमा बिभाजन गर्ने सोचँ फेरी द्धन्द्ध निमत्याउने सोचँ भएको बताउनुभयो । बिकासको प्रमुख आधार शिक्षा समान, सर्वसुलभ, व्यावहारीक र वैज्ञानीक हुनुपर्ने कुवंरले सुझाव राख्नुभयो ।
रेशुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीका बिद्यार्थी सरोज काउछाले जातीय आधारमा सघींय राज्य बिभाजन गर्दा होसीयारी अपनाउनुपर्ने बताउनुभयो । कुनै पनी मन्त्रालयको मन्त्रि नियुक्त हुदाँ त्यस बिषयमा उसको निश्चीत योग्यता पुग्नुपर्ने उहाँको सुझाव थियो । नेकपा एमाले जिल्ला कार्य समिति गुल्मीमा सचिव सोमनाथ सापकोटाले सघींय राज्य जातीय आधारमा नभई भौगोलीक तथा स्रोत र साधन तथा अन्य आधारमा बिभाजन गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासका क्याम्पस प्रमुख चन्द्रकान्त्त अर्यालले नयाँ सबिंधान निमाणमा सुझाव सकंलन गर्न आउनु भएका सभाषद घिमिरे तर्फ लक्षीत गर्दै भन्नुभयो, अहिलेकै अवस्था हो भने हामीले यहाँबाट दिएका सुझाव पनी सबिंधानमा समाबेश नहुने होकी भन्ने शकांको स्थिती छ ।
त्यसैगरी दलीत साझा मञ्चका छवीलाल बिकले नयाँ सबिंधानमा दलितहरुका अधिकार सुनिश्चीत गर्ने आधार सभाषद घिमिरेसगँ माग्नुभयो । कार्यक्रममा रेडीयो स्काईका अनिता सुनारले गाउँगाउँमा दलीत महिला आप्mनो नाम निर्धक्क सगँ भन्न नसक्ने अवस्थामा रहेकोले घरलु हिसां पिडीत यस्ता महिलाहरुको साक्षरता कक्षा तथा बिभीन्न तालीम दिई उत्थान गर्न सभाषद घिमिरेलाई आग्रह गर्नुभयो । सहभागीहरुका सुझाव सुने पछी कार्यक्रमका प्रमुख अतिथी सभाषद नारायणी घिमीरले राष्ट्र अहिले ईतीहाँसको महत्वपुर्ण घडिमा रहेको भन्दै कार्यक्रममा आएका सबै सुझाव सम्बन्धीत ठाउँ सम्म पु¥याउने प्रतिबद्धता व्याक्त गर्नुभयो । एकीकृत ग्रामीण विकास समाज गुल्मीका अध्यक्ष गणेश श्रीपालीको अध्यक्षता रहेको कार्यक्रम समाजका सचिव कृष्ण बिकको सञ्चालनमा सम्पन्न भएको हो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग