Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

समुहमा आवद्ध महिलाहरु तरकारी खेतीमा

Published on 4:10:00 PM //

सीता भण्डारी,
गुल्मीको सिमलटारीका महिलाहरु यतिवेला समुहमा आवद्ध भएर सामुहिक तरकारी खेतीमा लागिपरेका छन् । विशेष गरी आफ्नै परिश्रमवाट संस्थाको आर्थिक अवस्थालाई वलियो र मजवुद वनाउन त्यस क्षेत्रका महिलाहरु यसरी सामुहिक तरकारी खेतीतर्फ लागेका हुन् ।
मर्भुङ्ग गाविसको सिमलटारीमा रहेको कल्याणकारी आमा समुहले स्थानीय दुर्गा अर्यालको करिव २ रोपनी जग्गा भाडामा लिई आलु खेती लगाएका छन् । विगतका वर्षमा पनि समुहले सोही जमिनमा फुल गोपी, वन्दा गोपी, लसुन लगायतका खेती गरी राम्रो आम्दानी गर्न सफल भएपछि अहिले पनि सोही जमिनमा एक क्वीन्टल आलु रोपिएको र अहिलेको लगानीवाट करिव एक हजार किलो भन्दा वढी आलु उत्पादन गर्ने समुहले लक्ष्य लिएको छ । समुहका सम्पुर्ण सदस्यहरु मिलेर खेती लगाउने, स्याहार सुसार तथा गोड्मेल गर्ने गर्दछन् । नजिकै वजार भएकाले उत्पादित वस्तुको खपतमा कुनै समस्या नपर्ने पनि समुहले वताएकोे छ ।
शुन्य वचतवाट शुरु गरिएको समुहले यस्तै खालका विभिन्न आयमुलक कार्यक्रमहरु सञ्चालन गरी अहिले एक लाख रुपैयां भन्दा वढी रकम संकलन गरिसकेको समुहकी अध्यक्ष पुनम अर्यालले वताउनुभयो । अध्यक्ष अर्यालका अनुसार समुहले निम्न आय श्रोत भएका सो क्षेत्रका व्याक्तिहरुलाई आय आर्जनमुलक कार्य सञ्चालनका लागि आर्थिक सहयोग गर्दै आएको छ । त्यस्तै सस्तो व्याज दरमा लगानीलाई पनि निरन्तरता दिंदै आएको उहांले जानकारी दिनुभयो । समुहको आर्थिक सहयोगवाट त्यस क्षेत्रका निम्न आयश्रोत भएका व्याक्तिहरुले यतिवेला उन्नत जातको वाख्रा पालन, तरकारी खेती लगायतका कार्यहरु गर्दै आएका छन् ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग