Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चेलीबेटी बेचबिखन रोक्न अभियान चलाउने प्रतिवद्धता

Published on 4:40:00 PM //


घनश्यामा गौतम
पश्चिमी क्षेत्रका ग्रामिण महिलाहरुले चेलिबेटी बेचबिखन रोक्न प्रहरीलाई सिमा नाकाहरुमा कडा निगरानी राख्न सुझाव दिएका छन् ।
इलाका प्रहरी चौकी पौदीअमराईले इस्मा रजस्थलमा आयोजना गरेको चेलीवेटी बेचविखन विरुद्ध जनचेतनामूलक अन्तर्कृया कार्यक्रममा सहभागी महिलाहरुले ग्रामिण क्षेत्रबाट चेलिबेटी बेचविखन हुने गरेको भन्दै नाकाहरु मा निगरानी बढाउन सुझाव दिएका हुन् । प्रहरीको सक्रियता बढेमा घर र टोलहरुमा पुगेर यस्तो अभियानमा साथ दिन महिलाहरुले प्रतिवद्धता समेत जनाएका छन् ।
विपन्न समुदायका महिलाहरुमा अभैm पनि चेतनाको कमी भएकै कारण त्यस्ता महिला एवं युवतीहरु बेचबिखनको चपेटामा पर्ने गरेको समेत सहभागीहरुले बताएका थिए । यसको नियन्त्रणका लागि प्रहरी एक्लैले नसक्ने भन्दै स्थानीय महिला एवं पुरुषहरुले समेत साथ दिने गरी प्रतिवद्धता जनाएको पौदीअमराई प्रहरी चौकीका प्रमुख भिमलाल भट्टराईले बताए ।
अन्तर्कृया कार्यक्रममा प्रहरी, स्वास्थ्यकर्मी, स्थानीय राजनीतिक दल, महिला, समाजसेवीहरुले चेलीबेटी बेचविखन हुने मुख्य कारण पहिचान गर्ने र त्यसको न्यूनिकरणका लागि घर घर र टोलटोलमा अभियान चलाउनेमा प्रतिवद्धता व्यक्त गरेको इश्मारजस्थल गाविस सचिव चुराबहादुर नेपालीले बताए । कार्यक्रममा ५० भन्दा बढी स्थानीय अगुवा महिलाहरु सहभागी थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग