Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वडागाउँमा वस पुग्यो

Published on 2:19:00 AM //

विष्णु पौडेल
गुल्मीको वडागाउँमा पहिलो पटक शनिबार वस पुगेको छ । पश्चिम नेपाल वस व्यवसायी समितीको लु १ख ६६४६ नम्वरको वस पहिलो पटक वडागाउँ गाविसमा पुगेको होा । पहिलो पटक आफ्नो गाउँमा वस पुगेपछि स्थानीय वासीले फुल माला र अभिरले स्वागत गरेका थिए । विभिन्न पटक डोजर लगाएर मोटरवाटोको स्तरोन्ती भएपछि वस आज वस वडागाउँको पेँगा, धरमपानी, मैदान हुँदै मुसीकोटको देउराली पुगेको हो । यसअघि विभिन्न यातायात व्यवसायी समिती विचको विवादका कारण वडागाउँमा वस पुग्न नसकेको स्थानीय वासीले जनाएका छन् । अवदेखि सदरमुकाम तम्घास देखि दैनिक रुपमा वडागाउँ मुसीकोट हुँदै पौँदीअमराईसम्म वस सञ्चालनको लागी पहल गरिने पश्चिमाञ्चलन वस व्यवसायी समितीले जनाएको छ ।
वसको एक समरोहका विच नेपाली गुल्मीका सुरेशचन्द्र भुसालले रिवन काटेर उद्घाटन गर्नुभएको हो । वस उद्घाटन कार्यक्रममा वस नेकपा एमाले जिल्ला कमिटी सचिव सोमनाथ सापकोटा, पश्चिमाञ्चल वस व्यवसायी समितीका प्रतिनिधी, लगायतको उपस्थिती रहेको थियो । उ्घाटन समारोहमा वडागाउँ गाविसका सहायक सचिव दामु सोमैले आफ्नो गाउँमा वस सञ्चालन हुँदा खुसी लागेको वताउँदै निरन्तरता हुनुपर्ने वताउनुभयो । कार्यक्रममा स्थानीय वासी, मोटरवाटो उपभोक्ता समितीका पदाधिकारी लगायतको उपस्थिती रहेको स्थानीय समुन्द्र विक्रम कुँवरले जानकारी दिनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग