Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सहकारी शिक्षा शिबिर सम्पन्न

Published on 2:18:00 AM //


तेजेन्द्र थापा  
मंसिर १७ गते शनिबार शान्तिपुरमा डिभिजन  सहकारी कार्यालय, तानसेन पाल्पाको आयोजना तथा चन्द्रकोट सहकारीको ब्यवस्थापनामा  एकदिने सहकारी शिक्षा शिवीर सन्चालन भयो । सो कार्यक्रम चक्रेश्वर महिला सहकारीकी अध्यक्ष सिता सुबेदिको अध्यक्ष्ता तथा रेसुङा बिकास बैंकका शाखा प्रमुख थम्मन रानाको प्रमुख अतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा सहकारीको परिचय, सहकारीका मुल्य मान्याता र सिद्दान्त, सहकारीका उद्देश्यहरु, सहकारीका फाईदा, नेपालमा सहकारीको आवश्यकता, सहकारीमा नेपालको अवस्था, सहकारीले समेटेका क्षेत्र, सहकारी आन्दोलनमा सहकारीकर्मिको भूमिका आदी बिषयमा डिभिजन सहकारी कार्यालय पाल्पाका तर्फबाट कार्यालय प्रमुख श्री रुद्रलाल भुषाल र चन्द्रकोट  सहकारीबाट सचिब बिमल गैरेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा शान्तिपुर लगायत शान्तिपुर आसपासमा अबस्थित सहकारीबाट पनि सहभागीता रहेको थियो ।    

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग