Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छापहिलेमा दलीत उत्थान समुह गठन

Published on 7:41:00 PM //

मनोज बस्नेत
गुल्मीको छापहीलेमा दलितहरुको भेला आज सम्पन्न भएको छ । दलीत क्षेत्रीय कार्य समिति क्षेत्र नम्बंर ३ गुल्मीका दलीत सयोंजक टेक बहादुर बिश्वकर्मा समेत सहभागीता रहेको भेलाले डम्मर बहादुर बिकको अध्यक्षतामा ११ सदस्यीय देउराली दलित उत्थान समुह गठन गरेको छ । दलित उत्थान समुहको उपाध्यक्षमा भुम बहादु्र बिक, सचिवमा ईश्वरी बिक, सहसचिवमा ढाल बहादुर सुनार, कोषाध्यक्षमा मन कुमारी बिक लगाएत सदस्यहरुमा चन्द्र बहादुर बिक, गोविन्द बहादुर बिक, मिना कुमारी बिक, धन बहादुर सुनार, रेनु बिक र लिल बहादुर बिक रहनुभएको छ ।
नव गठित समितिले बिकृती, बिसङगती हटाउन र दलीत अधीकारको बारेमा कुरा उठाउने प्रतिवद्धता गरेको छ । करीब १ सय ५० दलीत घर धुरी रहेको छापहीले गाविसमा गाविसबाट दलितको नाममा बिनीयोजन हुने रकम सम्पुर्ण दलीत घरधुरी सम्म नपुगेको सहभागीहरुले गुनासो गरेका थिए । बिभीन्न ठाउँमा दलीत समुह गठन गर्ने दलीत क्षेत्रीय कार्य समितिको अभीयान अन्तरगत आउँदो मसिंर ३० गते अम्मरपुर र वस्तु गाविसमा पनी समुह गठन गरीने सयोंजक बिश्कर्माले जानकारी दिनुभएको खबर घमिर बाट पत्रकार राजेन्द्र पन्थीले पठाउनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग