Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

२ महिना देखि वालिका वेखवर परिवार चिन्तीत

Published on 7:40:00 PM //

विष्णु पौडेल
गुल्मीको नेटामा रहेको अमर निमावीमा अध्ययनरत एक वालिका २ महिनादेखि सम्पर्कविहिन भएकी छन् । कक्षा ५ मा अध्ययनरत नेटा गाविस वडा नम्वर ५ म्यालचौरका प्रेम विककी १२ वर्षिय छोरी संगिता विक वेपत्ता भएकी हुन् । घरवाट वाग्लुङ्को भिमगिठेमा रहेको आफन्तको घरमा गत असोज १३ गते गएकी संगिता वेपत्ता भएकी हुन् ।
भिमगिठेमा रहेको आफन्तको घरमा १३ दिनसम्म वसेकी संगिता दगातुम्डाँडाको तालकोटमा रहेको आफन्तको घरमा पनि एक दिन वसेको पारिवारिक श्रोतले जनाएको छ । तालकोटमा १ दिन वसेपछि वाग्लुङकै खारा वजारको एक होटलमा वुवा आमा छैनन् टुहुरी हुँ भन्दै एक दुईदिन भाँडा माझ्छु भन्दै वसेकी संगिताको त्यसपछिको अवस्था वारेमा थाहा नभएको वुवा प्रेम विकले वताउनुभयो । उनको खोजी गरिदिन वाग्लुङको खारा वजारमा रहेको प्रहरी चौकी र इलाका प्रहरी कार्यालय वुर्तिवाङलाई आग्रह गरेपनि अहिलेसम्म छोरीको अवस्थावारे केही जानकारी नभएको वुवा प्रेमले जानकारी दिनुभयो ।
विककी एकमात्र छोरी २ महिनादेखि वेपत्ता भएपछि परीवार शोकमा डुवेको परिवारलाई उदृत गर्दै त्यहाँवाट विष्णु फुल्लेलले जानकारी दिनुभएको छ ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग