Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाली कागेंस क्षेत्र नम्बंर ३ गुल्मीको क्षेत्रीय सम्मेलन सम्पन्न

Published on 4:02:00 AM //


मनोज बस्नेत
आगामी कार्यक्रममा प्रत्येक गाविसबाट बिपी उद्यानको निमार्ण प्रारम्भ गर्ने निर्णय गर्दै नेपाली कागे्रंस क्षेत्र नम्बंर ३ गुल्मीको क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ । शुक्रबार देखी अर्जेको पोखराबारीमा सुरु सम्मेलन क्षेत्रीय सभापती दामोदर भुसालले समापन भएको घोषणा गर्नुभएको हो । शनिबार भएको सम्मेलनको बन्द शत्रले बिपी उद्यानलाई कृर्षी, स्वस्थ्य र शिक्षाको स्वतन्त्र अभिव्याक्तीकोलागी साझा मञ्चको रुपमा अगाडी बढाउने निर्णय गरेको छ । बन्द शत्रमा यस अगाडीका गतिबीधीको समिक्षा गर्नुका साथै विकास निमार्ण र कृिर्षमा आधुनिकीकरणको लागी पहल  गर्ने निर्णय गरीएको छ । प्रध्यापक डा. विद्यानाथ कोईरालाले नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै खानपिन, सोँचाई र विकाशलाई नयाँ ढंगले चिन्तन मनन  गर्नुपर्ने बताउनुभएको थियो ।
सम्मेलनमा २८ वटै गाविसका सभापति, उपसभापति र सचिव, जिल्ला कार्य समितीका पदाधिकारीहरु र क्षेत्रीय समितीका पदाधीकारीहरुको सहभागीता थियो । सम्मेलनको पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।  

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग