Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अन्तराष्ट्रिय मानवअधिकार दिवस गुल्मीमा पनि मनाईयो

Published on 4:00:00 AM //


मनोज बस्नेत
अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा गुल्मीमा पनि मानव अधिकार क्षेत्र सेवा केन्द्र इन्सेक लगायतका मानव अधिकारको क्षेत्रमा काम गर्ने बिभिन्न संघ संस्थाले मानव अधिकारको बर्तमान अवस्था र सरेकारवालाहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रममा वोल्दै सरोकारवालाहरुले यस्ता कार्यक्रम सदरमुकाममा मात्र सिमित नराखी गाउँ गाउँमा लैजानुपर्नेमा जोड दिएका थिए । उनीहरुले लैङ्गिक, जातीय र आर्थिक विभेद तथा शिक्षाको कमीले मानवअधिकार उल्लङ्घनका घटनाहरु वढ्ने गरेको समेत वताएका छन् । कार्यक्रममा वोल्दै सहायक प्रमुख जिल्ला अधिकारी जगदिश चन्द्र नेपालीले मानवअधिकारका कुरा गर्ने व्यक्तिले समेत मानवअधिकार उल्लङ्घन गर्ने भएकाले आफु सुधारको वाटो अपनाउनुपर्नेमा औल्याउनुभएको थियो ।
कार्यक्रममा जिल्ला न्यायधिस कृष्णराम कोइराला,स्थानीय विकास अधिकारी हिरालाल रेग्मी, प्रहरी नायव उपरिक्षक राजकुमार वैदवार, जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेल लगायतका कार्यलयका प्रमुख, विभिन्न पार्टीका प्रतिनिधी, महिला अधिकारकर्मी, मानवअधिकारकर्मी, सञ्चारकर्मी, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम इन्सेक जिल्ला संयोजक यज्ञ प्रसाद भुसालको अध्यक्षता तथा इन्सेक प्रतिनिधी नरेस भण्डारीको सञ्चालनमा सन्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग