Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कहिले पाउँछिन त गंगाले न्याय ?

Published on 6:39:00 PM //


१४ वर्षअघि महिलालाई कालिगण्डकीमा फाल्ने शिक्षक अझै पक्राउ परेनन्
सीता भण्डारी,
महिला हिंसा विरुद्धको १६ दिने अभियानका विभिन्न औपचारिक कार्यक्रम चलिरहेको बेला १४ वर्षअघि एक महिलालाई गर्भधारण गराई कालिगण्डकीमा फालेको अभियोग लागेका गुल्मीका एक शिक्षकको मुद्दा भने यहाँका अधिकारकर्मीहरुले उठाउन सकेका छैनन् ।
२०५५ साल माघमा ४ महिनाको गर्भ सहित डेड वर्षिय बालिका पिठ्यूमा बोकिरहेकी लिम्घा ८, एक्सिङ्ग गाउँकी गंगा सारु सिंजालीलाई रिडी रुद्रवेणी सडकखण्डको साँगुरे भिरबाट खोलामा फाली फरार भएको भनिएका स्थानिय एक शिक्षक भेषबहादुर राना सिंजाली हालसम्म फरार छन् । २०६३ साल असार २९ गते जिल्ला अदालत गुल्मीले सर्वस्व सहित जन्मकैदको फैसला गरेपनि सिंजालीलाई पं्रहरीले खोजी गरेको छैन भने यहाँका महिला अधिकारकर्मी समेत मौन रहेका छन् । पिडित महिलाका अनुसार उनी नेपालभित्रै छन् ।
शिक्षक सिंजालीले गंगालाई गर्भपतन गराउन भनि पाल्पाको एक होटलमा छाडेर वुटवलमा दाजु भेट्न गएको र पछि गर्भपतन गराउन पर्दैन, घरमा लैजान्छु भन्दै घरतर्फ आउने क्रममा वेलुकी करिव साढे ८ बजेको समयमा साँघुरे भिरबाट आफुलाई खोलामा धकेलिदिएको पीडित महिलाको भनाई छ । आफु पौडेर वँच्न सफल भएको तर पिठ्युमा रहेकी छोरीलाई भने वचाउन नसकेको गंगाले वताउनुभयो । त्यस घटनाको ६ महिनापछि जन्मीएकी उहाँकी छोरी अहिले १४ वर्षकी छिन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग