Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुर्घटनामा घाइतेको पाल्पामा उपचार हुन सकेन, काठमाडौं रिफर

Published on 6:35:00 PM //


तेजेन्द्र थापा
भर्खर प्राप्त समाचार अनुसार हिजोको जिप दुर्घटनामा घाइते १ जनालाई पाल्पामा उपचार हुन नसकेर काठमाडौं रिफर गरिएको छ ।
खुट्टामा गम्भिर चोट लागेका बाग्लुङ सुखौराका रघु गुरुङलाई पाल्पामा उपचार हुन नसके पछि काठमाडौं रिफर गरिएको हो । उहाको खुट्टाको हड्डी नराम्रोसँग भचिएको पूर्व अनुमान शान्तिपुर ईलाका हेपो का इन्चार्जले गर्नुभएको थियो ।
अन्य ५ जनाको भने पाल्पा मै उपचार हुँदै छ । सो दुर्घटना भएको जीप शान्तिपुर गुल्मी देखि बाग्लुङको सुखौराको लागि छुटेको थियो । हर्‍राचौर ४ झारखर्कमा बाटोबाट २० मिटर तल खसेको थियो  । बाटो उकालो भएको र गिएर चेन्ज गर्ने क्रममा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । सो जिपमा सवार ८ जना मध्य जिपका चालक र सहचालक भने सामान्य घाइते भएका थिए । उनिहरुको स्थानिय उप-स्वास्थ्य चैकी झारखर्कमा सामान्य उपचार गरिएको थियो । जिपका चालकलाइ ईलाका प्रहरि कार्यालय शान्तिपुरले नियन्त्रणमा लिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग