Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी वन्दले जनजीवन प्रभावित

Published on 4:47:00 PM //


जनार्दन घिमिरे
कालीकोटका मनविर सुनारको हत्याको विरोधमा दलित साझा मञ्च गुल्मीले आज गुल्मी जिल्ला वन्दको आवहन गरेको छ । मञ्चको हिजो मंगलवार वसेको वैठकले आज एक दिन जिल्ला वन्द गर्ने निर्णय गरे को हो ।
२१ औ शताब्दीमा पनि होटेलको चुलो छोएको आरोपमा सुनारको हत्या गरिनु दुःखद भएको भन्दै हत्यामा संलग्नलाई अहिलेसम्म कारवाही नभएकोले विरोध स्वरुप गुल्मी वन्दको आवहन गरिएको दलीत साझा मञ्च गुलमीले जनाएको छ । वन्दको आव्हानपछि आज विहानैदेखि गुल्मी जिल्लाको जनजीवन प्रभावित वनेको छ । वजार, उद्योग, विद्यालयहरु समेत सवै वन्द रहेका छन् । जिलमा लामो तथा छोटो दुरिका कुनैपनि यातायातका साधनहरु संचालन भएका छैनन् । यातायातका साधनहरु संचालन हुन नसकेपछि काठमाण्डौ तथा वुटवलवाट सदरमुकाम तम्घास आएका यात्रुहरु समेत कतिपय सदरमुकाममै अलपत्र परेका छन् भने कतिपय विहानैदेखि हिडेरै आफ्नो गन्तव्य स्थल तर्फ लागे का छन् ।
मञ्चले मृतक सुनारलाई ससम्मान शहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने, हत्यामा संलग्नहरुलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने, सुनारका छोरा छोरीहरुको उच्च शिक्षा अध्ययन तथा रोजगारीका लागी सरकारले व्यवस्था गर्नुपर्ने लगायतका चार वुँदे मागहरु राख्दै जिल्ला वन्द कार्यक्रम राखेको हो । वन्दको समयमा प्रेस, विवाह तथा शव वाहनका गाडी, दमकल तथा एम्वुलेन्सलाई भने निर्वाध रुपमा संचालन हुन दिने वताईएको छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग