Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बेलुकी ४ बजेदेखी गुल्मी बन्द फिर्ता

Published on 5:09:00 PM //


अनिल खत्री
कालिकोटमा भएको दलित हत्याको बिरोधमा दलित साझा मञ्च गुल्मीले गरेको जिल्ला बन्दका बेलुका ४ बजे पछी फिर्ता भएको छ । बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन छुट्न सकेका थिएनन भने बजार र पसल पूर्णरुपमा बन्द भएका थिए ।
बन्दकर्ताहरुले बिहानैदेखि सदरमुकाम तथा मुख्य बजार बन्द गराउँदै हिँडेका थिए । बन्द फिर्ता भए पछी बजार सामान्य रुपमा खुलेको छ भने छोटो दुरिका सवारिका साधनहरु समेत संञ्चालनमा आएका छन ।
सरकारले पीडितको परिवारलाई क्षतिपूर्ति दिने र दोषीलाई कारबाही गर्ने निर्णय गरी सकेपछि पनि बन्द आह्वान गरेर दुःख दिने काम गरेको भन्दै सर्वसाधारणले विरोध गरेका छन्। 
बन्दकर्ताले अपराधीलाई कारबाही गरिनुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने, सुनारका परिवारलाई उचित क्षतीपुर्ती, शिक्षा र रोजगारीको ग्यारन्टी गर्नुपर्ने लगाएतका माग राखेर जिल्ला बन्दको आवहन गरिएको मञ्चका सह–सयोजक रोम बिश्वकर्माद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
सुनारको कालीकोट जिल्लाको जुविथा गाविस ४ मा स्थानीय एक पसलमा चुरोट सल्काउँदा चुल्हो छोएको आरोपमा स्थानीयले कुटपिट गरी हत्या गरेका थिए।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग