Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युनाइटेडको साधारण सभा सम्पन्न

Published on 8:50:00 PM //


पि.एम.मगर
गुल्मी युनाईटेड वचत तथा ऋण सहकारी संस्था लिमिटेड तमघास गुल्मीको चौथो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ लिमिटेड गुल्मीका अध्यक्ष हरिप्रसाद गौतमले मुलुकको आर्थिक विकासमा सहकारीले पु¥याएको योगदानका विषयमा चर्चा गर्दै छोटो समयमै सफल वनेको गुल्मी युनाईटेड वचत तथा ऋण सहकारी सँस्थाको प्रगतिको कामना समेत गरेका थिए ।
साधारण सभामा मैत्री वहुउदेष्यीय सहकारी सँस्थाका खड्क के.सी., लेकाली वहुउद्धेष्यीय सहकारी सँस्थाका गोपालप्रसाद पन्थी, निजामति कर्मचारी वचत तथा ऋण सहकारी संस्थाका जयश्वर पन्थी, रेसुङ्गा विकास वैंकका कृष्णप्रसाद पोख्रेल, गुल्मी विकास वैँककी सीता भुसाल, तमघास गाविस सचिव दोर्णराज पन्थी, सम्मानित जेष्ठ सदस्यवाट प्रेमराज आचार्य, शेयर सदस्यहरुवाट धना भण्डारी, छात्रवृति प्राप्त गर्ने विद्यार्थीहरुवाट सरु पन्थी लगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही अवसरमा मुटु रोग विशेषज्ञ डा. सुमन्त वञ्जाडेले मुटु रोगका विषयमा स्वास्थ्य जानकारी दिए ।
साधारण सभामा चार जना जेष्ठ सदस्यहरुलाई सम्मान गरिनुका साथै प्रवेशिका परीक्षामा सर्वोकृष्ट अंक ल्याई उत्तीर्ण हुने सेयर सदस्यका छोराछोरीहरुलाई छात्रवृति वितरण गरिएको थियो । संस्थामा आवद्ध सेयर सदस्यहरु मध्येवाट विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि ७० वर्ष उमेर पुरा गर्नुभएका जेष्ठ सदस्यहरुलाई जेष्ठ सदस्य सम्मान कार्यक्रम अन्तर्गत सम्मान गर्ने कार्यलाई निरन्तरता दिएको हो ।
यसरी सम्मानित हुनेहरुमा पुर्णवहादुर राना, प्रेमराज आचार्य, टेकवहादुर वस्नेत र टिकादेवी पाण्डे रहनुभएको छ । यस्तै संस्थाको वार्षिक कार्यक्रम अनुसार उत्कृष्ट अंक प्राप्त गरी प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने सेयर सदस्यका छोराछोरीहरु मध्ये सर्वोकृष्ट अंक प्राप्त गर्ने तीन जना विद्यार्थीहरु रा मप्रसाद पन्थीका छोरा विज्ञान पन्थी, पार्वती पन्थीकी छोरी उर्वसी पन्थी र चुरामणी पन्थीकी छोरी सरु पन्थीलाई पनि सम्मान गरिएको थियो ।
सभामा संस्थाको हालसम्म ५ सय ४ जना साधारण सदस्य रहेको र संस्थाले गत आर्थिक वर्ष २०६७÷६८ मा करिव ९ करोड कारोवार गर्न सफल भएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेको अध्यक्षता, सदस्य डोरविक्रम श्रीसको स्वागत एवं अर्का सदस्य पदमप्रसाद पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग