Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मेली साहित्यकार सहित तीन जना सम्मानित

Published on 8:51:00 PM //


पि.एम.मगर
गुल्मेली साहित्यकार शशि पन्थीलाई आज पाल्पाको तानसेनमा एक कार्यक्रमका विच शक्तिराज रेग्मी स्मृति सन्चार सेवा पुरस्कारबाट सम्मानित गरिएको छ । साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पाको छैटो बार्षिकोत्सव तथा बरिष्ठ साहित्यकार स्व. कुलमणि देवकोटाको ८२ औं जन्मजयन्तीको अवसरमा पत्रकार पन्थीसंगै पाल्पाको तानसेनमा रहेर बिगत दुई दशकदेखि निरन्तर रुपमा पत्रकारिता गर्दै आएका नव जनचेतना साप्ताहिका प्रधान सम्पादक जगदिश भट्टराईलाई कुल मणिदेवकोटा स्‍मृति प्रतिभा पुरस्कार र मानव अधिकारकर्मी शालिकराम पाण्डेलाई मानव अधिकार तथा शान्तिका लागि राधाबद्री स्मिति सम्मान पुरस्कारले सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पाल्पाका प्रमुख जिल्ला अधिकारी टीकाराम घिमिरेले सम्मान पत्र तथा नगद पुस्कारले सम्मान गरे । गुल्मी जिल्लाको किरण पुस्तकालयका अध्यक्ष तथा संस्थापक साहित्यकार शशी पन्थीलाई दीर्घकालीन रुपमा अनवरत साहित्य सेवामा निस्वार्थ भावले लागेकोले सम्मान गरिएको छ । यस्तै पत्रकार जगदीश भट्टराईलाई पाल्पा जिल्लामा रहेर पत्रकारिता एवं सन्चारका क्षेत्रमा शिक्षा, पर्यटन, मानव अधिकार र लोकतन्त्र एवं शान्तिको पक्षमा निरन्तर, निष्पक्ष एवं सत्यतथ्य सूचनाहरु सम्प्रेषण गरेर उत्कृष्ट कार्य गरेकोले सम्मान गरिएको बताईएको छ भने पछौटे पन उन्मुलन समाज नामक गैससका संस्थापक मानवअधिकारवादी शालीकराम पाण्डेलाई मानव अधिकारका क्षेत्रमा दिएको योगदानको कदर स्वरुप सम्मान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष एवं सम्मान कार्यक्रमका सभापति पुष्करराज रेग्मीले, प्रतिष्ठानले छोटो समयमा धेरै प्रभावशाली काम थालेको जानकारी दिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग