Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नौ वर्षपछि शिक्षा समिति

Published on 8:54:00 PM //

घनश्याम गौतम 
म्याद सकिएको नौ वर्षपछि राजनीतिक सहमतिमा जिल्लामा शिक्षा समिति गठन भएको  छ । माओवादी, कांग्रेस, एमाले, जनमोर्चा र राप्रपासहितका दलहरूको सहमतिपछि स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो । शिक्षा समितिको २०५९ सालमा म्याद सकिएपछि राजनीतिक सहमति हुन नसक्दा समिति गठन हुन सकेको थिएन ।

शिक्षा शाखा अधिकृत हरिलाल अर्यालका अनुसार समिति सदस्यमा प्रजिअ कवीन्द्र नेपाल, शिक्षक युनियनका छवि खरेल, उच्च मावि शिक्षकबाट महेन्द्र गौतम, माविबाट कमला भण्डारी, निमाविबाट खिमबहादुर बुढाथोकी, प्राविबाट सावित्रा चन्द, संस्थागत विद्यालय व्यवस्थापन समितिका अध्यक्षमध्येबाट दानबहादुर केसी, सामुदायक विद्यालयबाट अशोक थापा, शिक्षाविद्बाट विष्णुप्रसाद बलाल र सदस्य सचिवमा जिशिअ नन्दलाल पौडेल छन् । समिति अभावमा शिक्षाका स्रोतसाधनहरूको उचित नहुने साथै शैक्षिक योजना निर्माण, दरबन्दी मिलान, शैक्षिक गुणस्तर सुधारलगायतका कार्यहरू प्रभावित हुँदै आएका थिए । समितिले दरबन्दी मिलान र विद्यार्थी कम भएका विद्यालय गाभ्ने प्रक्रिया सुरु गर्न शिक्षा कार्यालयका उपसचिव थानेश्वर घिमिरेको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको जिशिअ नन्दलाल पौडेलले बताए ।
नमोर्चा र राप्रपासहितका दलहरूको सहमतिपछि स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो । शिक्षा समितिको २०५९ सालमा म्याद सकिएपछि राजनीतिक सहमति हुन नसक्दा समिति गठन हुन सकेको थिएन ।

शिक्षा शाखा अधिकृत हरिलाल अर्यालका अनुसार समिति सदस्यमा प्रजिअ कवीन्द्र नेपाल, शिक्षक युनियनका छवि खरेल, उच्च मावि शिक्षकबाट महेन्द्र गौतम, माविबाट कमला भण्डारी, निमाविबाट खिमबहादुर बुढाथोकी, प्राविबाट सावित्रा चन्द, संस्थागत विद्यालय व्यवस्थापन समितिका अध्यक्षमध्येबाट दानबहादुर केसी, सामुदायक विद्यालयबाट अशोक थापा, शिक्षाविद्बाट विष्णुप्रसाद बलाल र सदस्य सचिवमा जिशिअ नन्दलाल पौडेल छन् । समिति अभावमा शिक्षाका स्रोतसाधनहरूको उचित नहुने साथै शैक्षिक योजना निर्माण, दरबन्दी मिलान, शैक्षिक गुणस्तर सुधारलगायतका कार्यहरू प्रभावित हुँदै आएका थिए । समितिले दरबन्दी मिलान र विद्यार्थी कम भएका विद्यालय गाभ्ने प्रक्रिया सुरु गर्न शिक्षा कार्यालयका उपसचिव थानेश्वर घिमिरेको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको जिशिअ नन्दलाल पौडेलले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग