Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"डिआईजी रञ्जनलाई कार्वाही गर": गुल्मीका महिला अधिकारकर्मी

Published on 6:17:00 PM //


गगनशिला खड्का
गुल्मी जिल्लाका महिला अधिकारकर्मीहरुले शसस्त्र प्रहरीका डिआईजी रन्जन कोइरालालाई राज्यले कडा भन्दा कडा कार्वाही गनुपर्ने माग गरेका छन । महिला मानब अधिकार रक्षक सञ्जाल गल्मीको शुक्रबार सदरमुकाम तम्घासमा बसेको बैठकले आफ्नै पत्नी गिता ढकालको हत्यामा संलग्न अभियुक्त रन्जन कोइरालालाई यो राज्यले कडा भन्दा कडा कानुनी सजाय दिलाउनुपर्ने माग राखेको हो ।
सञ्जालका अध्यक्ष सिता भुषालको अध्यक्षतामा बसेको उक्त बैठकले एउटा राज्यको जिम्मेवार निकाय शसस्त्र प्रहरीको गरिमामय डिआईजी पदमा रहेका रञ्जन कोइरालाले आफ्नै पत्नीको हत्या गर्नु कानुनी राज्यको उपहास भएको भन्दै कार्वाहीका लागि जोडदार माग गरेको छ । सञ्जालले आफ्नो कानुनी अधिकारको खोजी गर्दा संसार नै छोड्नुपर्ने अवस्थाले महिला अधिकारको खिल्ली उडाएको जनाएको छ । म
हिला अधिकारकर्मी जानकी ज्ञावलीले पत्नीको हत्या रन्जन कोइरालाले नै गरेको हो भन्ने प्रमाणित भईसकेको अवस्थामा रन्जनलाई कार्वाही गर्नुको सट्टा अनुसन्धानको नाममा संरक्षण दिईरहेको बताइ्रन् । उनले भनिन्ः “जबकी रन्जनले हत्या स्वीकार गरिसक्यो भने यो सरकारले अनुसन्धान भन्दै कार्वाही नगर्नुले संरक्षण दिइरहेको पुष्टी हुन्छ ।”यस्तै अर्की महिला अधिकारकर्मी तथा महिला मानब अधिकार रक्षक सञ्जाल गुल्मीकी अध्यक्ष सिता भुषालले महिला अधिकारको संरक्षण र सम्बद्र्धनको आबाज उठाई रहदाँ महिला हिंसाका रुपहरु पनि त्यसरीनै फेरिदैँ गएको बताइ्रन् । उनले हरेक ब्याक्तिले आफ्नो कानुनी अधिकारको खोजी गर्ने सन्दर्भमा आफ्नो अधिकारको खोजी गर्दे अदालतको ढोकासम्म पुगेर न्याय प्राप्त गरेपनि कार्यान्वयनको अवस्था फितलो हुदाँ ज्यानै जाने सम्मको घटना दोहोरीएको बताईन ् ।
 उनले भनिन् “महिला अधिकारका पक्षमा जती काम हुदै गएका छन,त्यती मात्रमा हिंसाका रुप पनि फेरिएका छन ।” सञ्चारिका समुहका अञ्चल सदस्य तथा अधिकारकर्मी गगनशिला खड्काले जनताले जहाँ सुरक्षाको अनुभुती गर्ने आशा गरेका हुन्छन त्यही निकायबाट यस्तो अमानबिय कार्य हुनु राज्यका निम्ती चुनौतीको विषय बनेको बताइ्रन् । उनले भनिन् ः “एउटा सोझा र गरीब नागरिकले जुन निकायमा न्यायको आश गरेको हुन्छ,त्यही निकायका उच्च पदमा कार्यरत व्यतक्तीबाट यस्तो अमानविय कार्य हुनु राज्यका लागि चुनौतीको विषय हो ।”
साथै शुक्रबार बसेको बैठकले महिला हिंसा विरुद्धको सय दिने अभियानका “नाई भनौ,न्याय गरौँ ”भन्ने नारा सहितका पोष्टर सदरमुकाम तम्घास सहित गुल्मी जिल्लाका विभिन्न गाविसमा टास्ने, महिला हिंसा विरुद्धको सय दिने अभियानलाई अझ शसक्त रुपमा अगाडी बढाउन अर्थ संकलन कार्य अगाडी बढाउने र सय दिने अभियानलाई सहयोग गर्न महिला मानब अधिकार रक्षकहरुले प्रति दिनको एक रुपैयाँका दरले सय दिनको सय रुपैयाँ संकलन गर्ने निर्णय गरेको सञ्जालका सचिब गगनशिला खड्काले जानकारी दिईन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग