Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गीता हत्या काण्ड पछि छोराहरुको अवस्था

Published on 10:44:00 PM //

Image Courtesy: Onlinekhabar.com
शसस्त्र प्रहरीका डिआईजी रञ्जन कोइरालाले आफ्नी श्रीमती गीता ढकालको हत्या गरेपछि गीता पट्टीबाट जन्मेका दुई छोरा अलपत्र परेका छन् । दुई छोराको वारेमा बुझ्न मृतक गीताका पिता हरेरामसँग सम्पर्क गर्दा आफ्ना दुवै नाति कहाँ छन् कस्को संरक्षणमा छन् भन्ने केही थाहा नभएको बताएको छ । प्रहरीले भने मृतकका दुवै छोरा रञ्जनका दाजु रमेश कोइरालाको घरमा रहेको जानकारी दिएको छ । गीताको हत्या भन्दा पहिला जेठो छोरा १४ वर्षे आयुष रञ्जनसँग भने ९ वर्षे कान्छो छोरा आर्यन आमा गीता ढकालसँग बुढानिलकण्ठ पासिकोट घरमा बस्दै आएका थिए ।

जेठो छोरा आयुष वाफल स्थित रुपिज इन्टरनेशनल स्कुलमा कक्षा ९ मा पढ्दै गरेको र कान्छो छोरा आर्यन गल्फुटार स्थित सेन्जोसेफ इन्टरनेशनल एकेडेमिमा कक्षा ४ मा अध्यन रत रहेको मृतक गीताका पिता हरेरामले बताएको छ । आमाको मृत्यु पछि दुवै छोरा वेवारीस भएको र दुवै नातिलाई आफुहरुले पाल्न पाउनु पर्ने दावी गीताको माइतीपक्षको रहेको छ ।
स्रोत: इमेज च्यानल

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग