Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मंगलवार गुल्मी र पाल्पा बन्दको घोषणा

Published on 8:30:00 PM //

पि.एम.मगर
पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरोधमा गुल्मी जिल्लाका विभिन्न ४ विद्यार्थी संघ संगठनहरुले मंगलवार जिल्ला वन्दको आह्वान गरेका छन् । सरकारले शान्ति र संविधानको नाममा जनतालाई राहत स्वरुप पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसमा मुल्य बृद्धि गरेर चर्को मारमा पारेको भन्दै यसको विरोधमा मंगलवार एक दिनका लागी गुल्मी जिल्ला बन्दको घोषणा गरेको हो ।
नेपाल विद्यार्थी संघका उपसभापति निरोज मरासिनी, अनेरास्ववियूका संयोजक ओमवहादुर कुवँर, अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष यदु ज्ञवाली र अनेरास्ववियू छैठौँका सचिव राहुल पुनद्धारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तीमा वन्दको घोषणा गरिएको र पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने वताएका छन् । उता पाल्पामा पनि अनेरास्ववियुले मंगलवार पाल्पा बन्दको घोषणा गरेको छ । सरकारले शान्ति र संविधानको नाममा जनतालाई राहत स्वरुप पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसमा मुल्य बृद्धि गरेर चर्को मारमा पारेको भन्दै यसको विरोधमा मंगलवार जिल्ला वन्दकोको घो षणा गरेको अनेरास्ववियु पाल्पाले जनाएको छ ।
अनेरास्ववियुले एक विज्ञप्ती निकालेर आन्दोलनका कार्यक्रम घोषणा गरे अनुरुप यसअघि सिलिण्डर ग्यास र ग्यालेन सडकमा प्रर्दशन, प्रशासन घेराउ, मसाल जुलुस निकालेर विरोध जनाएको छ। सोमवार विद्यार्थीहरुद्धारा तानसेनमा पर्दशन, साझ मसाल जुलुस निकाल्यो भने मंगलवार पाल्पा जिल्लाभर यातायात, बजार र शैक्षिक संस्था ठप्प पार्ने र यस प्रति पनि सरकारको ध्यानाकर्षण नभए कडा आन्दोलनका साथ सडकमा उत्रिने अनेरास्ववियु जिल्ला कमिटि पाल्पाका संयोजक टिका थापाले जानकारी दिए ।
यसैविच पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा आह्वान गरिएको रुपन्देही, कपिलबस्तु र नवलपरासी बन्दका कारण सोमवार दिनभर त्यस क्षेत्रको जनजीवन प्रभावित वनेको थियो । मूल्य वृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले सोमवार ती जिल्लाहरु बन्द आह्वान गरेका हुन् । बन्दका कारण शिक्षण संस्था, यातायात, उद्योग धन्दा बन्द भएका थिए । विद्यार्थीहरु बिहानैदेखि सडकमा उत्रिएर बन्द सफल बनाउन आग्रह गरेका थिए । स्थल मार्ग भैरहवाको बेलहिया नाका हुदै आउने प्रबासी नेपाली तथा बिदेशीहरु यातायातको साधन नचल्दा बाटैमा रोकिएका थिए । बन्दबाट सास्ती पाएपनि मूल्यवृद्धिको विरुद्ध आन्दोलन भएकाले आम सर्वसाधारणले समेत बन्दप्रति समर्थन जनाएका थिए। विद्यार्थीहरुले मूल्य फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । साझ ५ बजेपछि वन्द खुलेपछि जनजीवन सामान्य वन्दै गएको छ भने पसल तथा व्यवसायहरु पनि खुलेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग