Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका गन्धर्वहरुका लागी सरकारले १५ घर बनाइदिने

Published on 8:41:00 PM //

विष्णु पौडेल

गुल्मी जिल्लाका आर्थिक रुपले अति विपन्न वर्गका परीवारका लागी सरकारले घर बनाईदिने भएको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयको जनता आवास कार्यक्रम मार्फत धुर्कोट् रजस्थल, बम्घा र कुर्घा गाविसमा रहेका अति विपन्न गन्दर्वहरुको लागी घर बनाईदिने भएको हो ।
जनता आवस कार्यक्रम गुल्मीको आज बसेको प्रथम बैठकले पहिलो चरणमा ति गाविसहरुमा घर बनाईदिने र बाँकी ठाउँको पनि अध्ययन जारी राख्ने निर्णय गरेको कार्यक्रमका संयोजक तथा सभाषद् सुदर्शन बराल मगरले बताउनुभयो । सरकारले २०६६ साल देखि शुरु गरेको कार्यक्रम २८ औँ जिल्लाको रुपमा गुल्मीमा शुरु भएकोले पहिलो पटक धुर्कोट् रजस्थल, बम्घा र कुर्घाका प्रत्येक गाविसमा ५ वटाका दरले १५ परीवारको लागी घर बनाईदिने र पछि अरु गाविसमा पनि कार्यक्रम विस्तार गरीने पनि उहाँले बताउनुभयो । राष्ट्रिय दलित आयोगले दलितको सूचिमा राखेका र अति विपन्न परीवारको लागी घर बनाईदिने कार्यक्रम अनुसार पहिलो पटक अध्ययनको क्रममा ति गाविसका गन्दर्भहरु प्राथमिकतामा परेको बरालले जानकारी दिनुभयो ।
बैठकपछि क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभाषद् बरालले आगामी दिनमा जिल्लाका अन्य गाविसका विपन्न वर्गका लागी समेत घर बनाईदिने बताउनुभयो । अव भवन डिभीजन कार्यालय पाल्पाले विस्तृत अनुगमन गरीसकेपछि परीवार छनौट गरी उनीहरुको निर्माण समिती गठन गरेर कार्यक्रम शुरु गरीने छ ।
पत्रकार सम्मेलनमा बरालले अल्पसंख्यक विपन्न वर्गका अरु समुदायको लागी पनि अनुसन्धान गरीने र त्यसको लागी पहिला गाउँगाउँमा प्रचारप्रसार तिव्र पारीने बताउनुभयो । समितिका सह संयोजक तथा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले अव तुरुन्तै विस्तृत अध्ययन गरीसकेपछि कार्यक्रम शुरु गरीने बताउनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग