Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नक्कली माओवादी बताउदै आपराधीक क्रियाकलाप गर्ने सार्वजनिक

Published on 3:00:00 PM //


गगनशिला खड्का
नक्कली माओवादी पुर्व लडाकु बनी ट्रक चालकलाई धम्क्याउँनेलाई जिल्ला प्रहरी कार्यलय गुल्मीले सार्वजनिक गरेको छ । गत पुस २१ गते अनमिनको बर्हिगमनमा परेका पुर्ब एकिकृत नेकपा माओबादीका लडाकुहरुले गरेको नेपाल बन्दका क्रममा गुल्मीकै रिडीबाट सदरमुकाम तम्घास आउँदै गरेको ट्रक चालकलाई धम्क्याँउदै गर्दा प्रहरीले पक्राउ गरेको थियो ।
सामान लिएर तम्घास आउँदै गरेको ना ३ ख ३२ नं को ट्रक चालक दिगाम गाविस वार्ड नं २ निवासी २८ बर्षिय माधब प्रसाद कंडलेलाई धम्क्यादैँ गर्दा छुरी सहित पक्राउ परेका दिगाम गाविस वार्ड नं २ कै २३ बर्षिय फणिन्द्र मल्ललाई इलाका प्रहरी कार्यलय रिडीले विहिवार पक्राउ गरेको थियो ।
मल्लले आफलाई पुर्ब माओबादी लडाकु भएको बताउँदै रुरु गाविस वार्ड नं ४ क्याम्पसरोड स्थीत धारीलो छुरी र फलामको पन्चिङ देखाई नेपाल बन्दमा किन गाडी चलाएको भन्दै धम्की दिएको गाडी चालक माधब कंडेलले बताए । जिल्ला प्रहरी कार्यलय गुल्मीले अनुसन्धानका क्रममा मल्ल पुर्ब माओबादी लडाकु नभएको पुष्टी भएपछि उनलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ परेका मल्ललाई केही सार्वजनिक अपराध शिर्षकमा मुद्दा दर्ता गर्नुका साथै म्याद थप गरी यसबारे अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले बताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग