Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा समातिएका चोरीका २२ मोटरसाईकल भन्सार पठाईयो

Published on 2:55:00 PM //


घनश्याम गौतम
प्रहरीले जिल्लाका विभिन्न स्थानबाट चोरीको आशंकामा पक्राउ गरेका २२ मोटरसाईकल शनिवार भन्सार कार्यालय भैरहवा पठाएको छ । प्रहरीले चेकजाँचका क्रममा असार देखि मंसिरसम्म फेला परेका २३ मोटरसाईकल मध्ये चोरीको नभएको एउटा बाहेक अरु सबै भन्सार पठाएको हो ।
एउटा भने चोरीको नभै राजश्व नतिरेको भएकाले भन्सार पठाईएको छैन । प्रहरीले पक्रउ परेका मोटरसाईकल झण्डै १ महिना प्रदर्शनीमा राखेको थियो । दर्शनीमा समेत कोही खोज्न नआएपछि यातायात कार्यालयसंग समन्वय गरी कागजपत्र फेला नपरेका सबै मोटरसाईकलको मुल्याङ्कन गरी भन्सार कार्यालय पठाईएको प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले बताए । प्रहरीले पक्राउ परेका मोटरसाईकलहरुको न्यूनतम ३० हजार देखि अधिकतम ५० हजार रुपैंयासम्म मुल्याङ्कन गरिएको जनाएको छ । भन्सार पठाईएका मोटरसाईकल बढी लुम्बिनी अंचल कार्यालयको नम्बर उल्लेख गरिएका र केही बाग्मती र गण्डकी अञ्चलका छन् ।
प्रहरीले जिल्लाभर सवारी साधनहरुको चेकजाँच तिब्र पारेको छ । पछिल्लो समयमा ग्रामिण क्षेत्रका इलाका प्रहरी कार्यालय र चौकीहरुले समेत चोरीका मोटरसाईकल पक्राउ गरेको प्रहरीले जनाएको छ । चेकजाँचकै क्रममा ग्रामिण क्षेत्रमा फेरी एक दर्जन बढी मोटरसाईकल पक्राउ गरिसकिएको र आवश्यक अनुसन्धानपछि सार्वजनिक गरिने समेत बैदवारले जाकारी दिए ।
भन्सार कार्यालय भैरहवा पठाईएका मोटरसाईकल मध्ये सबै भन्दा बढी बजाज कम्पनीका छन् । प्रहरीले नियन्त्रणमा लिएका मोटरसाईकलहरुमा पल्सर ६ , स्पेलेण्डर ५ , डिस्कभर ३ , हिरो होण्डा ३ , आर . एक्स २ , अपाचे २ र यमाहा १ वटा रहेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग