Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माओवादीका कार्यक्रमहरु सार्वजनिक

Published on 9:04:00 PM //

पि.एम.मगर
एकिकृत नेकपा माओवादी जिल्ला कमिटी गुल्मीको वैठकले आउँदो फागुन १ देखि ७ गतेसम्म वुटवलमा हुन गईरहेको जनयुद्धको १६ औँ वार्षिकोत्सवलाई सफल पार्न चार चरणका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ । वैठकले आमरुपमा अविर अर्पण, दिपावली, शुभकामना आदानप्रदान, विरामीलाई फलफुल वितरण र झण्डा, व्यानर एवं भित्तेलेखन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
त्यस्तै फागुन ८ देखि १३ गतेसम्म जनपरिचालन सप्ताहका रुपमा मनाउने भएको छ । गाउँ गाउँमा सरसफाई, अन्तरकृया, साहित्यीक तथा साँस्कृतिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ भने तेस्रो चरणका कार्यक्रम फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउने भएको छ । त्यसै गरी फागुन १९ गते जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा सहिद परिवारसँग अन्तरकृया गर्ने पार्टीले जनाएको छ। फागुन १ गते वुटवलमा सहभागी हुनका लागि प्रत्येक गाविसका गाउँ कमिटीका ७ जनाका दरले कार्यकर्ता सहभागी गराउने निर्णय गरेको छ ।
जनयुद्धकालमा तत्कालीन राज्य पक्षद्धारा क्षति पु¥याईएको घरसम्पत्तीको क्षतिपुर्तिका लागि पहल गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा जागरण अभियान सञ्चालन गर्ने, स्थानीय स्तरमा विकास संवन्धि जनताका मुद्धाहरुमा जनसंघर्ष र जनपरिचालन गर्ने कार्यक्रम तय गरेको छ ।
पार्टीको केन्द्रीय निर्णय अनुसार जनताको संघिय गणतन्त्रमा आधारित संविधानको निर्माण र सम्मानजनक सेना समायोजनका लागि अधिकतम लचकता अपनाउन र सो हुन नसकेको खण्डमा विद्रोह हुने कुरा स्पष्ट पार्ने निर्णय गरेको छ । त्यस्तै सो पार्टीले तमघासको अर्घाखाँची जिप पार्कमा आफ्नो पार्टी कार्यालय भवन निर्माण गर्ने भएको छ । वैठकले पार्टीका मगरात राज्य समिति सदस्य युवराज के.सी.को संयोजकत्वमा ११ सदस्यीय भवन निर्माण समिति समेत गठन गरेको छ । त्यस्तै पार्टीको नीति विपरित दोस्रो विवाह गर्ने जिल्ला सदस्य कृष्णवहादुर विकलाई सम्पुर्ण जिम्मेवारीवाट निलम्वन गर्न वैठकले राज्य समितिलाई सिफारिस गरेको छ ।
त्यस्तै एक दशकदेखि गुल्मी जिल्लामा कार्यरत मगरात राज्य समिति सदस्य तुफानलाई गृह जिल्ला रोल्पा सरुवा गर्ने निर्णय गरेको छ भने वैठकले नेकपा मसालवाट पार्टी प्रवेश गर्नुभएका आँपचौरका कालीप्रसाद खराल र धुर्कोट रजस्थलका लोकवहादुर केसीलाई जिल्ला सदस्यमा आवद्ध गराएको कार्यालय सचिव देविराम अर्यालले जानकारी दिनुभयो । वैठक पोलिट्व्यूरो सदस्य एवं मगरात राज्य समिति संयोजक हेमन्त प्रकाश ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग