Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडियो रेसुङ्गाको सञ्चालक समिति अध्यक्षमा भुषाल

Published on 9:05:00 PM //


पि.एम.मगर
तस्बिर: घनश्याम पौडेल 
रेडियो रेसुङ्गाको नयाँ संचालक समितिको अध्यक्षमा यस प्रालीका संचालक डिल्लीराज भुसाल निर्विरोध रुपमा चयन हुन भएको छ । रेडियो रेसुङ्गाको हालै सम्पन्न पाचौँ साधारण सभावाट सर्वसम्मतरुपमा निर्वाचित हुनु भएका साता जना संचालकहरु मध्यवाट भुसाललाई अध्यक्षमा चयन गरिएको हो ।
रेडियो रेसुङ्गाको कार्यालयमा आज वसेको संचालक समितिको वैठकले डिल्लीराज भुसाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो । सोही वैठकले अध्यक्षको अनुपस्थितिमा कार्यवाहक अध्यक्षको रुपमा रेडियो रेसुङ्गा प्रालीका संचालक श्रीप्रसाद भलामीलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।
वैठकमा रेडियो रेसुङ्गाको चौंथो वार्षिकोत्सव तीनदिन सम्म भव्यरुपमा मनाउने निर्णय गर्नुका साथै यही आउँदो फागुन ७ गते ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुद्वारा विविध सांस्कृतिक कार्यक्रम संचालन गर्ने निर्णय समेत गरेको छ । वैठकमा संचालकहरु श्रीप्रसाद भलामी, ताराप्रसाद भुसाल, दुर्गाप्रसाद पाण्डेय, कृष्णप्रसाद पोख्रेल र संचालक एवं कार्याकारी निर्देशक जनार्दन घिमिरेको उपस्थिति रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग