Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छेत्री-बाहुनका भान्से दलित, गुल्मीमा सहभोज

Published on 2:32:00 AM //


जातीय छुवाछूतलाई अन्त्य गर्ने उद्देश्यका साथ गुल्मीका क्षेत्र नं. ३ का क्षेत्री र ब्राम्हणहरूले दलितहरूलाई भान्से बनाएर भोज खाएका छन् ।

पुस १५ को अवसरमा नेपाली काँग्रेस ३ नं. क्षेत्रीय समितिद्वारा आयोजित भोजमा दलितहरूलाई भान्से बनाएर क्षेत्री, ब्राम्हणहरूले भोज खाएका हुन् । २८ वटा गाविसका नेपाली काँग्रेस पार्टी सभापतिसहित करिब ५० जना क्षेत्री, ब्राम्हणहरूले हस्तिचौरको छिनुवा खोलामा सहभोज गरेका हुन् ।

भाषणमा मात्रै सीमित जातीय छुवाछूतको अन्त्य भएको तर व्यवहारमा हुन नसकिरहेको अवस्थामा अब व्यवहारमै छुवाछूत प्रथा अन्त्य गर्न दलितहरूलाई भान्से बनाएर सो भोज आयोजना गरेको नेपाली काँग्रेस ३ नं. क्षेत्रीय सभापति दामोदार भुसालले बताउनुभयो ।

छुवाछूत प्रथालाई पूर्णतः अन्त्य गर्ने अभियानमा नेपाली काँग्रेस लागेको भन्दै सभापति भुसालले त्यसको सुरुआत पुस १५ को खाजाबाट गरिएको भन्नुभयो । क्षेत्री, ब्राम्हणहरूको भोजमा घमिर-३ का टेकबहादुर विश्वकर्मालगायतका दलितहरू भान्से थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग