Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा छ्यापछ्याप्ती चोरीका बाईक, समातिएनन चोरहरु (भिडियो रिपोर्ट)

Published on 6:05:00 PM //

गत केही हप्ता पहिला गुल्मी प्रहरिले जिल्लाका बिभिन्न स्थानबाट नियन्त्रणमा लिईएका करीब २ दर्जन चोरीका मोटरसाइकलहरु सार्वजनिक गर्‍यो । गुल्मीका ग्रामीण ईलाकाहरुमा चल्ने चोरीका मोटरसाइकलहरुको सङ्ख्या अझ बढी हुन सक्छ । प्रहरिले यती धेरै मोटरसाइकलहरु समातेर सार्वजनिक गरिसक्दा पनि अहिले सम्म एउटा पनि मोटरसाइकल चोर्ने ब्याक्ति (चोर) लाई पक्रेर सार्वजनिक गर्न सकेको छैन । अाखिर किन त? बाइक समाउने चोरलाई छोड्ने गरेर प्रहरिले किन अपराधीलाई उन्मुक्ती दिने काम गरिरहेको छ त गुल्मी प्रहरिले ? आउनुस् गुल्मीबाट तारा भुषालले ईमेज च्यानलको लागि तयार पारेको भिडियो रिपोर्ट हेरौँ, गुल्मी प्रहरिको यस्तो कार्यलाई तपाईंले कसरी हेर्नुभएको छ, भिडियो रिपोर्ट हेरिसकेपछी तपाईंको मनमा लागेको बिचार तल कमेन्टमा लेख्न सक्नुहुनेछ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग