फेरी पाइने भयो गुल्मीमा बिद्यार्थी छुट
Published on
9:11:00 PM //
टोपलाल अर्याल
यातायातको साधनमा प्रभावकारी रुपमा लागु नभएको बिद्यार्थीले पाउनु पर्ने छुट गुल्मी जिल्लामा फेरी लागु हुने भएको छ । केहि समय देखि प्रभावकारी नदेखिएको यातायात सहुलियत पुन: लागु गर्ने बिषयमा जिल्लाका चार विद्यार्थी संगठन र यातायात व्यावसायी बिच शुक्रबार जिल्ला प्रशासन कार्यलय गुल्मीमा भएको बैठकले ठुला बसमा ४५ प्रतिशत ,जिपमा १५ प्रतिशत र रेसुङ्गा मिनी माइक्रोमा चार जना बिद्यार्थीलाई ४५ प्रतिशत छूट दिने सम्झौता भएको संगठनद्धारा जारी प्रेश विज्ञप्तीमा उल्लेख गरीएको छ । क्रियाशिल विद्यार्थीको आन्दोलनद्धारा प्राप्त छुटको सवै बिद्यार्थीले उपभोग गर्न नेविसंघ जिल्ला सहसचिव सुर्दशन खनाल, अनेरास्ववियूका जिल्ला संयोजक ओम कार्की, अखिल क्रान्तीकारीका जिल्ला अध्यक्ष यदु ज्ञवाली, अखिल छैठौका सल्लाहकार योगेन्द्र काउछा साथै स्ववियू सभापति ज्ञान बहादुर महतद्धारा हस्ताक्षरीत संयुक्त प्रेस बिज्ञप्तीमा उल्लेख गरीएको छ ।
0 प्रतिकृयाहरु