Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिबिस रित्तै, घाम तापेर बसेका कर्मचारीद्वारा खड्कालाई दुर्ब्यवहार

Published on 7:24:00 PM //


बुधबार करीब दिनको १२ बजे दैनिक लुम्बिनी, नयापत्रीका संबाददाता तथा गुल्मीन्युज सहयोगी गगनशिला खड्का जिल्ला विकास समितिको कार्यालय गुल्मीमा पुगेकी थिईन । संवाददाता खड्का त्यहाँ पुग्दा जिल्ला बिकास समितिको कार्यलय भित्रका कार्यकक्षमा कुनै पनि कर्मचारी थिएनन् । कर्मचारीको अनुपस्थीतीमा सुनसान बनेको जिल्ला विकास समितिमा आउँने सेवाग्राहीहरु कार्यकक्षमा कोही कर्मचारी नभएको देख्दा अलमल परेका देखिन्थे । ३० जना कर्मचारी कार्यरत जिल्ला बिकास समितिको कार्यलयमा बुधबार जम्मा ८ जना कर्मचारी मात्र उपस्थीत थिए ।
बजेट निकासाका लागि मंगलबार काठमान्डौँ हिडेका स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेलले निमित्त स्थानीय विकास अधिकारीको जिम्मा जिल्ला प्राबिधिक कार्यलयका इन्जीनियर मेगराज ज्ञवलीलाई सुम्पेको पौडेलले बताए । हाजीरीका आधारमै मात्रा हेर्ने हो भने पनि कम्तीमा ८ जना कर्मचारी कार्यलयमा उपस्थीत थिए । तर कुनै पनि कर्मचारी कार्यकक्षमा भने थिएनन् । अलि-अलि भएका जिल्ला बिकास समितिका खरदार शारदा टण्डन सहितका केहि कर्मचारी भने कार्यलयको तल छेउपट्टी घाम तापेर बसिरहेका थिए ।
खड्का जिल्ला बिकास समितिको कार्यलयको सरासर स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेलको कार्यकक्षमा पुग्दा त्यहाँ ढोकामा राखिएको नाम प्लेटमा वाहिर भनि लेखिएको थियो । त्यस्तै जिल्ला विकास समितिको आर्थिक तथा प्रशासन शाखामा पनि ताल्चा लगाईएको थियो । मैले बुझ्दा शाखा प्रमुख हरी घिमिरे विदामा रहेको जानकारी पाएँ । जिल्ला विकास समितिका योजना शाखा, कार्यक्रम शाखा लगाएतका शाखाहरुमा कुनै पनिकर्मचारी थिएनन् । ती सबै शाखाहरुको अवलोकन पछि खड्का तल झरेर घामको पार तापेर बसिरहेका कर्मचारीलाई जिल्ला विकास समिति किन खाली छ ? भनेर सोध्दा जिल्ला विकास समिति गुल्मीका खरिदार पदमा कार्यरत महिला कर्मचारी शारदा टण्डनले जबाफ दिदैँ भनिन् “यहाँ हामीहरुलाई देखी-देखी तपाईहरु सिधै माथी जानुहुन्छ, तपाईहरुलाई के भन्नी ? यहाँ हामीलाई देख्नुभएको थिएन र ? सबै आआफ्ना काममा गएका छन ।” उनले झोक्कीदै दिएको जबाफलाई स्वीकार्दे संवाददाता खड्काले सरल तरिकामा फेरी सोधिन यस्तो कार्यलय नै रित्तै गरी गर्ने जिल्ला बिकास समितिले त्यस्तो के काम गर्दे छ र ? यो प्रश्नको जबाफलाई पनि टण्डनले हल्का पारले लिदै भनिन् “जिल्ला बिकास समितिको के काम हुन्छ, तपाईलाई थाहा छैन ? त्यसपछि संवाददाता खड्का जिल्ला प्रशासन कार्यलयमा जानकारी गराउँने उदेश्यका साथ प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालको कार्यकक्षमा पुगिन ।
खड्काले त्यहाँ पुगेर जिल्ला बिकास समितिको अवस्था र कर्मचारीले सेबाग्राहीलाई गर्ने अमानबिय व्यवहारको बारेमा जानकारी गराईन् । तर प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले पनि यस कुरालाई गम्भीर रुपमा नलिई आफुले बुझ्ने बताए । उनले भने “आजभोली जाडो मौसममा बाहिर घाम तापेर बस्नु त ठिकै हो तर त्यो कुन कर्मचारी हो उनको बारेमा भने मैले बुझौला ।” प्रमुख जिल्ला अधिकारी नेपालको यस भनाई सुनेपछि खड्का जिल्ला प्रशासन कार्यलयबाट बाहिरिन् । उनले निमित्त स्थानीय विकास अधिकारी मेगराज ज्ञावलीलाई पनि सम्पर्क गरिन ।
फिल्डमा गएर बुधबार दिउँसो मात्र सदरमुकाम तम्घास फर्किएका निमित्त स्थानीय विकास अधिकारी ज्ञावलीलाई खड्काले ज्ञावलीको मोबाईल नं ९८५७०२८१८९ मा सम्पर्क गरेर जानकारी लिदा उनले धेरै कर्मचारी काजमा, बिदा र कार्यलयको कामले फिल्डमा गएको हुदाँ यस्तो भएको बताए । उनले भने “म तपाईलाई राम्रो संग भन्नुपर्दा धेरै कर्मचारीहरु काजमा हुनुहुन्छ, अनि कोहि घरबिदा र कोहि अफिसको कामले फिल्ड गएका छन, त्यही भएर यस्तो भएको हो ।” ज्ञावलीले झोक्कीने कर्मचारी टण्डनका विषयमा भने आफुले राम्रो संग बुझेर ब्याक्तिगत रुपमा सम्झाउने बताए । उनले भने, “हैन गगनशिला जी, त्यसको बारेमा म उहाँलाई ब्याक्तिगत रुपमा सम्झाउँला, मैले उहाँलाई यो कुराको बारेमा सोध्छु ।” यी सब लिलाहरुको बारेमा बुझ्दा जिल्ला बिकास समिति गुल्मीका कर्मचारीहरु शारदा टण्डनको रबैयाले जो चोर उसको ठुलो स्वर भन्ने उखानलाई प्रमाणित साबित गर्दछ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग