Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उबासंघ गुल्मीद्धारा ५० हजार रुपैँयाको पत्रकारीता अक्षयकोषको स्थापना

Published on 6:32:00 PM //

गगनशिला खड्का
गुल्मी जिल्लामा रहेर काम गर्ने तथा जिल्ला भन्दा वाहिर रहेर गुल्मीको समग्र विकास र आर्थिक गतिविधीलाई समेटेर उत्कृष्ट पत्रकारीता गर्ने पत्रकारलाई पुरस्कृत गर्ने उदेश्यले गुल्मी उद्योग वाणिज्य संघले पत्रकारीता अक्षयकोषको स्थापना गरेको छ । संघको आज सदरमुकाम तमघासमा बसेको बैठकले गुल्मी जिल्लाको समग्र आर्थिक,पर्यटकिय विकासका क्षेत्रमा रहेर सञ्चारमाध्यम मार्फत जिल्लाको विकासमा योगदान पु¥याउने पत्रकारलाई पुरस्कृत गर्ने उदेश्यले ५० हजार राशिको अक्षयकोषको स्थापना गरिएको गुल्मी उद्योग वाणिज्य संघका महासचिब कृष्ण प्रसाद पोख्रलले बताउनुभयो ।
पहिलो पटक स्थापना गरिएको अक्षयकोष मार्फत संघले प्रत्येक कति वर्षमा पुरस्कृत गर्ने कार्यविधी भने पछि तयार गर्ने महासचिब पोख्रलले बताउनुभयो । यस्तै माघ ७ गते हुने संघको २० औँ साधारण सभाको तयारी तिब्र पारिएको संघका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले बताउनुभयो । साधारण सभाका लागि संघले आर्थिक वर्ष २०६७÷६८ को लेखा लेखा परिक्षकबाट लेखा परिक्षण भएको आय—व्यय विवरणको बारेमा जानकारी गराउनुका साथै कोषाध्यक्ष गोमराज श्रेष्ठ बाट प्रस्तुत २०६८÷६९ को ११ लाख ८३ हजार ५ सय वरावरको अनुमानित आय—व्यय विवरणको आर्थिक प्रतिबेदन साथी छलफल भई साधारण सभामा पेश गर्ने गरी अनुमोदन गरिएको छ । सोहि बैठकले २० औँ साधारण सभामा पेश गर्ने महासचिब कृष्ण प्रसाद पोख्रलको कार्यसमिति प्रतिबेदन अनुमोदन गरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग