Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी महोत्सवको आय-ब्यय सार्वजनिक, बचेँको रकम विभिन्न क्षेत्रमा खर्च गरिने

Published on 6:29:00 PM //

गगनशिला खड्का
गुल्मी जिल्लामा पर्यटन प्रर्बद्धन र विकास गर्ने उदेश्यले गुल्मी उद्योग वाणिज्य संघले आयोजना गरेको प्रथम गुल्मी महोत्सव २०६८ को आय-व्यय विवरण सार्वजनिक गरिएको छ । संघले आज उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरेको अन्र्तक्रिया तथा बैठकमा उक्त आयव्यय विवरण सार्वजनिक गरेको हो ।
गुल्मी उध्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षतामा बसेको बैठकले २०६८ साल बैशाख ४ गतेदेखी ११ गतेसम्म गुल्मी उद्योग वाणिज्य संघको आयोजना,जिल्ला विकास समिति र रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिको सह—आयोजनामा सञ्चालित प्रथम गुल्मी महोत्सवमा जम्मा ५८ लाख ५८ हजार ९२ रुपैयाँ आम्दानी भएकोमा ५२ लाख ८२ हजार ४ सय ९ रुपैयाँ महोत्सवमा खर्च भएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले जानकारी दिनुभयो । महोत्सवको आम्दानी र खर्च कटाएर बचत रकम ५ लाख ७५ हजार ६ सय ८३ रुपैयाँ मध्ये संघले प्रतिबद्धता जाहेर गरेअनुसार पर्यटकिय स्थलहरुको विकासका लागि १ लाख ८० हजार रुपैया विनियोजन गरेको छ । जसमध्ये गुल्मी जिल्लाको प्रबेशद्धार एंव धार्मिक स्थल रिडीका लागि ४० हजार,जिल्लाको ऐतिहासिक धार्मिक तपोवन रेसुङ्गा क्षेत्रमा ४० हजार, क्षेत्र नं ३ को धुर्कोट वस्तुमा रहेको विचित्र गुफालाई ४० हजार,कुर्घा गाविसको मालिका मन्दीरका लागि ४० हजार रुपैया र पुर्कोट गाविसको कंके देउरालीका लागि २० हजार रपैयाँ बिनियोज गरिएको भण्डारीले बताउनुभयो ।
यस्तै संघले सदरमुकाम तम्घास बजार क्षेत्रको फोहोरमैला व्यवस्थापन न्युनीकरणका लागि १ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ । गुल्मी जिल्लामा क्रियाशिल राजनैतिक दलका पार्टी पतिनिधीहरुको सभागीता रहेको कार्यक्रमको सञ्चालन महासचिब कृष्ण प्रसाद पोख्रलले गर्नुभएको थियो । जिल्लामा यस्ता खालका महोत्सव र साँस्कृतिक कार्यक्रमहरुको आयोजना हुने गरिएपनि आय-व्यय विवरण सार्वजनिक गर्ने काम भने पर्याप्त मात्रमा पाईदैन ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग