Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घरदैलोमै सरकारी कार्यालयहरुको घुम्ती सेवा, सेवाग्राहिको भिड

Published on 7:31:00 PM //


घनश्याम गौतम
जिल्ला प्रशासन कार्यालय गुल्मीले आज देखि शान्तिपुरमा संचालन गरेको एकिकृत घुम्ती शिविरमा सेवाग्राहीहरुको भिड लागेको छ । सरकारी कार्यालहरुको सेवाको पहुँचबाट टाढा रहेकाहरुको सुविधाका लागि संचालन गरिएको शिविरमा विभिन्न १७ सरकारी कार्यालयहरुले सेवा उपलब्ध गराएका छन् ।
आज जिल्ला प्रशासन कार्यालयबाट झण्डै २ सय नागरिकता वितरण भएका छन् । त्यस्तै महिला तथा बालबालिका कार्यालयबाट ५५ जना अपाङ्गहरुलाई परिचय पत्र वितरण गरिएको छ भने निर्वाचन कार्यालयले १ सय १५ जनाको फोटो सहितको मतदाता नामावली संकलन गरेको छ । नेपाल टेलिकमले झण्डै ३ सय नमस्ते मोवाइलका सिमकार्ड वितरण गरिएको शिविर संयोजक एवं प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालले बताउनु भयो ।
शिविरमा जिल्ला शिक्षा कार्यालयले पनि शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी एवं सरोकारवालाहरुलाई शैक्षिक समस्या, अध्यापन विधि लगायतका विषयमा अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको थियो । भने जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय पनि जनचेतना मुलक कार्यक्रमहरु सम्पन्न गरेका छन् । त्यस्तै जिल्ला पशुसेवा कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, कृषि विकास कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला वन कार्यालय, आयुर्वेद, लगायतका कार्यालयहरुले सेवा प्रदान गरेका छन् । प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालले शान्तिपुर गाविस–९ रेमीकी रुपा वि.क.लाई पहिलो नागरिकता प्रदान गर्दै शिविरको उद्घाटन गर्नु भएको थियो ।
शिविर उद्घाटनका अवसरमा स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेल, एकिकृत नेकपा माओवादीका जिल्ला सचिव अरुण देवकोटा, नेकपा एमालेका जिल्ला अध्यक्ष बोमबहादुर खड्का, नेपाली कांग्रेसका जिल्ला सचिव बिष्णुप्रसाद बलाल, नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, शान्तिपुर गाविसका पूर्व अध्यक्ष मिमलाल श्रेष्ठ, उदय उच्च माविका प्राचार्य कोमलनाथ न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालको अध्यक्षता र जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत हरीलाल अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग