Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सवारी बन्द हुँदा हजारौं यात्रु मर्कामा

Published on 5:16:00 PM //


घनश्याम गौतम
रिडी रुद्राबेणी सडक खण्डको साँघुरेमा दुर्घटनाग्रस्त ट्याङ्कर ।
फोटो: पाण्डव गौतम 
व्यस्त रिडी-रुद्रवेणी सडक खण्डमा आइतबारदेखि सवारी बन्द हुँदा हजारौं यात्रु मर्कामा परेका छन् । उनीहरूलाई गन्तव्यमा पुग्न र खाद्यान्न ढुवानी गर्न समस्या भएको छ ।

विश्व बैंकको आइडिए ऋण तथा अनुदान सहयोगमा भइरहेको स्तरोन्नति कार्यलाई सवारी सञ्चालनले समस्या उत्पन्न भएको भन्दै  जिविसको सर्वपक्षीय बैठकले सडकमा सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेको हो । आइतबारदेखि माघ २० गतेसम्म दिनभर र २१ देखि फागुन २० सम्म पूर्णरूपमै बन्द गरेर स्तरोन्नतिको कार्य हुने जिविसले जनाएको छ ।

बैठकले बन्द अवधिभर जिविसले बलेटक्सार-बम्घा-टाहटिम-उल्लिखोला सडक मर्मत गरी सवारी सञ्चालनको व्यवस्था मिलाउने स्थानीय विकास अधिकारी दीपेन्द्रराज पौडेलले बताए । वैकल्पिक मार्गमा तत्काल बस, ट्रक सञ्चालनमा समस्या देखिएको छ । वैकल्पिक मार्ग सञ्चालन हुन नसक्दा त्यस क्षेत्रका हजारौं सर्वसाधारण समस्यामा परेका छन् । पौडेलले भने, डोजर लगाएर एक-दुई दिनमै बडीघाट खोलाको उल्लीखोलामा घाट निर्माण हुने बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग