Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागीवाट घर र वंगाला जलेर नष्ट, १० लाख भन्दा वढीको क्षति

Published on 9:54:00 PM //


पि.एम.मगर
सोमवार दिउंसो लागेको आगलागीवाट गुल्मीको पराल्मी गाविस वार्ड नं. ३ का एक घर र वंगाला जलेर पुर्ण रुपमा नष्ट भएको छ। दिउंसो ३ वजेतिर लागेको आगोले पराल्मी गाविस वार्ड नं. ३ निवासी शिवप्रसाद पोखरेलको घर र वावुराम पोखरेलको वंगाला जलेका छन् । आगलागीवाट १० लाख भन्दा वढीको क्षति भएको वताईएको छ । वावुराम पोखरेलको वंगालावाट लागेको आगो शिवप्रसादको वरन्डा सहितको टिनले छाएको घरमा पनि लागेको थियो। आगलागीवाट घरमा रहेका संपुर्ण अन्न, लत्ताकपडा, कागजपत्र, नगद पैसा सम्पुर्ण जलेर नष्ट भएको र वंगालामा रहेका सम्पुर्ण सामान समेत जलेर नष्ट भएको पराल्मीवाट गोविन्दप्रसाद पोख्रेलले वताएका छन् ।
आगलागीमा मानवीय तथा पशु चौपायाँ क्षति भने भएको छैन । त्यस्तै शिवप्रसाद पोख्रेलको गो ठ पनि नजिकै रहेका कारण आगलागी हुनवाट गोठलार्ई जोगाउन छाना च्यातेर अहिले भताभुङ्ग अवस्थामा रहेकाले पीडित घरपरिवारलाई वस्नका लागि थप समस्या परेको पोखरेलले वताए । गोठमा भैसीलाई दाना पकाउन वालिएको आगोवाट वंगाला र घरमा आगलागी भएको थियो । पीडित शिवप्रसादको पारिवारमा पाँच जना छन्। शिवप्रसाद पोख्रेल पराल्मी गाविसको निवर्तमान गाविस अध्यक्ष हुन भने वावुराम पोखरेल सानो आँप प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग