Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाई-बाई टोमलाल सर

Published on 8:51:00 PM //


टोपलाल अर्याल
अर्जे उच्च माध्यामिक बिद्यालय अर्जे गुल्मीमा अध्यापन गर्दै आउनुभएका शिक्षक टोमलाल भण्डारीलाई आज बिदाई गरीएको छ । बिद्यालयमा भएको एक औपचारीक कार्यक्रमका बिच कार्यकाल सकिएका शिक्षक भण्डारीलाई बिद्यालयले बिदाई गरेको हो । कार्यक्रममा बोल्दै बिद्यालय व्यावस्थापन समितिका सदस्य जिवलाल अर्याल, शिक्षकहरु हरी पोख्रेल, शेर बहादुर केसी, समाजसेवी टिकाराम गौतम र बिद्यार्थी देविराम गिरी लगाएतले मन्तव्य राख्दै शिक्षक भण्डारीको कार्यकाल सफल रहेको भन्दै शुभकामना दिएका थिए । कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित हुनुभएका शिक्षक भण्डारीले कार्यक्रममा बोल्दै बिद्यालयमा अझै पनि सेवा गर्ने रहर हुदाँहुदै पनि बाध्यताले बिदाई हुनुपरेको भन्दै आगामी दिनमा पनि अन्य क्षेत्रबाट बिद्यालयलाई सहयोग पुर्याउने बताउनुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग