Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कतारबाट फर्केका युवकको घर नपुग्दै होटेलमै मृत्यु

Published on 11:15:00 PM //


कमल थापा
विदेशवाट घर फर्केका एक युवक घर नपुग्दै होटेलमा मृत फेला परेका छन्। पूर्वी रुकुमस्थित पोखरा गाविस-७ का नरजीत घर्तीका छोरा २२ वर्षीय वीरबहादुर घर्ती सदरमुकामस्थित दादिंगे होटलको कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन। रोजगारीका लागि २ वर्षपहिले कतार गएका वीरबहादुर मङ्गलबार साँझ सदरमुकाम खलङ्गा पुगेका हुन। कतारबाट विदाको समय पारेर उनि घर फर्केका हुन्।

उनी गाउँले काका पर्ने धनबहादुर घर्तीको होटेलमा बास बसेका थिए। साँझको खाना खाएर सुत्‍नुअघि उनी स्वस्थ नै रहेका काका धनबहादुरले बताए। सुतेको अवस्थामा उनको ज्यान गएको प्रहरी निरीक्षक शालिकग्राम पौडेलले जानकारी दिए।

प्रहरीले मृतकको मुचुल्का उठाएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा पठाएको छ। मृतकको घर पोखरा गाविस पुग्न सदरमुकामदेखि एक दिनको पैदल दूरीमा छ।
नागरिक दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग