Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नशालु पदार्थ खुवाएर लुट्ने दम्पत्ती पक्राउ

Published on 5:07:00 AM //


नशालु पदार्थ खुवाएर गरगहना र नगत लुटपाट गरेको आरोपमा प्रहरी द्वारा पक्राउ गरी मंगलबार दम्पतीसहित सार्वजनिक गरेको छ ।

इलाका प्रहरी  कार्यालय बुटवलले पत्रकार सम्मेलन गरी खोटाङ च्यानडाडाँ गाविस ५ स्थाई घर भई चितवन पदमपुर २ वस्ने ३५ वर्षिय भक्तवहादुर गुरुङ, उनकी श्रीमती ३६ वर्षिया जुना गुरुङ र वाग्लुङ ग्वालीचौर स्थाई घर भई बुटवल १३ बहालमा बस्ने ३४ वर्षिय हिरा थापालाई सार्वजनिक गरेको हो।उनीहरुको साथवाट प्रहरीले ४६ हजार ५ सय नगद, २ तोला १४ लाल वरावरको सुनको माला, विभिन्न कम्पनीका सात मोवाईल सेट तथा सिम र खैरो रङ्गको लागुपदार्थ  वरामद गरेको छ ।

उनीहरुले बुटवलका विभिन्न होटेलमा लगेर नास्ता खुवाउने बहानामा नसालु पदार्थ खुवाएर गुल्मी वडा गाउकी थनीसरा थामीले लगाएका गरगहना र नगद गरी १ लाख ७६ हजार रुपैयाँ, रुपन्देहीको मक्रहर स्थाई घर भई बुटवल १० वस्ने तुल्सीबुढा मगरको गरगहना र नगद गरी ८१ हजार रुपैयाँ र बुटवल १३ दुर्गानगरकी नन्दकला राना संगबाट ४ लाख १८ हजार ५ सय रुपैयाँ बराबरको लुटपाट गरेको प्रहरीको दावी छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग