Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आज भ्यालेन्टाइन डे, प्रेमको प्रतिक रानीमहलमा चहलपहल

Published on 5:33:00 PM //


मुक्तिप्रसाद न्यौपाने,
आज प्रणय दिवस । अर्थात भ्यालेन्टाईन डे । युवा पुस्ताले भ्यालेनटाईन डेलाई महत्वका साथ मनाउने चलन नेपालमा पनि भित्रेको छ । प्रेम दिवसमा आफ्ना मनमा गुम्साई राखेका प्रेमका भावनाहरुलाई उजागर गर्ने अवसरको रुपमा लिईन्छ । प्रेम दिवसको गन्तव्य बन्दै आएको छ शान्त मनमोहक र रमणीय दरबार रानिमहल ।

सच्चा प्रेमको प्रतिक ठानिने रानिमहल १९५० सालमा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमसेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा निर्माण गरेको दरबार अहिले प्रणय दिवसमा प्रेम फुकाउने स्थान बनेको छ । प्रेम दिवसको अवसरमा आफ्नो प्रेमलाई फुलाउन र फलाउनकैलागि भनेर रानीमहलमा पुग्ने युवा जोडिहरुको प्रमुख गन्तव्य सावित भएको छ यो दरबार । प्रेमलाई शिखरमा पुर्याउन सकियोस् भन्ने उद्देश्यले यहि दरबारलाई प्रतिक मानेर युवा युवतिको बाक्लो भिड लाग्न थालेको छ । पाल्पाको परिचय दिदा सभा गोष्ठी क्यालेनडर पुस्तकको आवरण लोगो व्यापारिक प्रतिष्ठान आदिमा राम्रै स्थान जमाउन सफल छ दरबार । यहाँ घुम्न आउने स्वदेशी विदेशी पर्यटकका क्यामरा मोबाइलमा कैद हुने दरबार विश्वभर प्रभाव विस्तार गर्न सफल देखिएको छ । पर्यटकीय महत्व बोकेको दरबार अहिले भ्यालेन्टाइन डे मा मात्र नभएर अरु समयमा पनि मनका भारी बिसाउने स्थान बनिदिएको छ । सभा सम्मेलन तालिम र गोष्ठि समेत यसै दरबारमा हुने गरेका छन् ।

१९५० सालमा शिलान्यास गरि १९५४ सालमा कालिनदी तटमा बिशाल चट्टान माथि पश्चिमी कला कैशलको बेजोड नमूनाले सिंगारेर निर्माण कार्य पूरा गरिएको दरबारमा ४ वर्षको अवधिमा महत्वपूर्ण फर्निचर महँगा महँगा सजावटका सामाग्रीले सजाईएको छ । १९६० सालमा खड्ग समशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने सड्यन्त्र गरे । श्री ३ चन्द्र समशेरले यो कुरा थाहा पाए र पाल्पामा सेना पठाइ तैनाथि आफ्नो हातमा लिए । आफूमाथि खतराको घण्टि बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर खड्ग शमसेर भारत पलायन भए । त्यसै दिनदेखि प्रेमको प्रतिक ठानिएको दरबार आजसम्म कालिनदीलाई हेरेर टोलाइ रहेको छ ।

खड्ग शमसेरले रानीको सम्झानामा दरबारको मूल ढोकाबाट ढुङ्गा र इट्टाबाट बनाइएका सुन्दर खुड्किला तल नदिसम्म जोडिएको छ । महत्वपूर्ण स्थानमा महत्वपूर्ण वस्तु निर्माण गरेर सबैका लागि र सधैका लागि छाडेको दरबारमा अचेल दैनिकजसो भिड लाग्ने गरेको छ । दरबार परिसर अहिले पाल्पामा कार्यरत नेपाली सेना र सटुकाका स्थानीय युवाले मर्मत र सरसफाई गरेपछि अन्य दिनहरुमा पनि आन्तरिक पर्यटकको भिड लाग्न थालेको छ । सडक यातायातको पहुँच नभएपनि संरक्षण र सम्बद्र्धनमा स्थानीयको चासो थपिएको छ ।

दैनिक पत्रीकाबाट

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग