Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाले क्षेत्र न. ३ को अधिवेशनको तयारी तिब्र, झलनाथ खनालले उद्घाटन गर्ने

Published on 3:46:00 PM //


मनोज बस्नेत
एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन गर्नुहुने नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटि क्षेत्र नम्बर ३ गुल्मीको दोस्रो क्षेत्रीय अधिवेशनको तयारी तिव्र पारीएको छ । आउँदो फागुन १२ र १३ गते गुल्मी अर्जेको पोखराबारीमा चल्ने अधिवेशनको अधिकाशं तयारी सकिएको एमालले आज सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । हाल सम्ममा गाउँ कमिटिहरुको प्रशिक्षण भेला सम्पन्न भएको, बिभीन्न उपसमितिहरुले काम अगाडी बढाईरहेको, अधिवेशनको प्रचार प्रसार तिब्र पारिएको क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष लक्ष्मण पराजुलीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
दलीय सहमती निमार्ण गरी शान्ती प्रक्रिया, सबिंधान लेखन र नयाँ नेपाल निमार्णका लागी अधिबेशनले व्यापक जनदबाब सिर्जना गर्ने उहाँले आशा व्याक्त गर्नुभयो । अधिवेशनको एमाले नेताहरु प्रदिप ज्ञवाली, छविलाल बिश्वकर्मा, गोकर्णराज बिष्ट, कमल श्रेष्ठ, बोम बहादुर खड्का लगाएतले सम्बोधन गर्नुहुने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग