Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कुकुरले आत्महत्या गर्ने पुल (भिडियो सहित)

Published on 1:32:00 AM //


स्कटल्याण्डमा ओवरटाउन बि्रज नामको यस्तो पुल छ जहाँ कुकुरहरुले आत्महत्या गरिरहेका छन् । १९५० देखि सन् २००६ सम्ममा यस पुलबाट हाम फालेर झण्डै ५० वटा कुकुरले आत्महत्या गरिसकेका छन् ।
उक्त पुलबाट किन कुकुरहरुले त्यसरी आत्महत्या गर्छन् भन्ने कुराको चुरो भने अझै पत्ता लागिसकेको छैन । यस्तो पूलको बारेमा विभिन्न विज्ञहरुले आआफ्ना थ्योरी समेत प्रतिवादन गरिसकेका छन् । कतिपयले यो ठाउँमा भुत भएकाले कुकुरहरुलाई तान्ने गरेको दाबी गरेका छन् । पशु विशेषज्ञहरु भने यो पुलबाट हाम फाल्ने कुकुरहरु बौलाहा कुकुर रहेको दाबी गर्छन् ।
हालै पशु व्यवहार विशेषज्ञ डाक्टर डेविड स्यान्ड तथा जनावरको वासस्थान सम्बन्धि विज्ञ डेविड सेक्सटनले यो पुलबाट किन कुकुर यसरी हाम फाल्छन् भन्ने बारेमा विस्तृत खोज गरेका छन् । उनीहरुका अनुसार त्यस क्षेत्रमा खासगरी पुलमुनि बाट विशेष प्रकारको गन्ध आउने र सोही गन्धका कारण पुलमा रहेका कुकुरहरु आकषिर्त भएर हाम फाल्ने गरेका छन् । सो गन्ध बिभर भन्ने एक प्रकारको उभयचर मुसाको हो ।

पुलमुनिको भाडी क्षेत्रमा बिभर लगायत अन्य मुसा र लोखर्के समेत रहेका र तिनै जिवको गन्ध आउँदा कुकुर आहारा सम्झेर पुलबाट हाम फाल्ने गरेको विज्ञहरु बताउँछन् । त्यसरी हामफाल्ने मध्ये धेरै कुकुर जमिनमा बज्रेर मर्ने गरेका छन् भने केही तल जमिनमा दौडेर फेरी पुलमा चढी पटक पटक हाम फाल्ने गर्छन् ।
अन्लाईनखबरबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग