Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

३ दिनको बच्चा अस्पतालबाट अपहरण !

Published on 10:16:00 PM //

चितवनको भरतपुर अस्पतालबाट २ दिनको नवजात शिशु चोरी भएको चार दिन वितिसक्दा सम्म पनि फेला परेका छैनन् । भरतपुर नगरपालिका वडा ४ बस्ने सरीता राईको २ दिनको नवजात शिशु पुजा नाम बताउने अन्दाजी २० बर्षकी महिलाले चोरी लगेको भन्ने विवरण सार्वजानीक भएको भएपनि जिल्ला प्रहरी कार्यालय चितवनले अहिले सम्म वच्चा पेला पार्न सकेको छैन । पीडिले दिएको जानकारी अनुसार बाहुन क्षेत्री जस्तो देखिने बाटुलो अनुहार भएकी महिलाले गएको वुधवार दिउसो सवा तिन बजेको समयमा बच्चा चोरी गरेको प्रहरीले जानकारी दिएको छ । कुर्ता सुरुवालमा कलर खैरो भएको कालो कोट लगाएको महिलाले चोरेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।घटनापछी जिल्ला प्रहरी कार्यालयको एक टोलीले चार दिन देखि खोजी कार्य जारी राखे पनि हाल सम्म फेला पार्न सकेको छैन । अस्पताल परिसर र जिल्लासगै आसपासका क्षेत्रमा प्रहरी समेत खटाईएको छ तर घटना भएको चार दिन वितीसक्दा समेत शिशु फेला पार्न नसकेको वताउदै चितवनका डिएसपि गोबिन्द अधिकारीले आफनो घर वरपर कही कतै कोही कसैले वच्चा ल्याएको थाहा पाएमा नजिकैको प्रहरी कार्यालयमा खवर गरी सहयोग गरिदिन अनुरोध गरे ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग