Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ऋण तिर्न नसकी टाट पल्टेकालाई सहयोग गर्न संघ गठन

Published on 10:00:00 PM //


बैंकबाट ऋण लिएर तिर्न नसकी लिलामीमा परेकालाई सहयोग गर्ने उद्देश्यसहित राष्ट्रिय आर्थिक तथा वित्तीय सेवा उपभोक्ता संघको जिल्ला शाखा गठन गरिएको छ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको संघको जिल्ला अध्यक्षमा वीरबहादुर कार्की, उपाध्यक्षमा अमरबहादुर कार्की, सचिव देवीराम पराजुली, कोषाध्यक्ष गीता रिजाल, सहसचिव माया कार्की र सदस्यहरूमा भीमकान्त भट्टराई, बलबहादुर अधिकारी, सोबबहादुर कार्की रहेका छन् । एक सदस्य पछि मनोनीत गरिने संघकी केन्द्रीय सदस्य शान्ता कँडेलले बताइन् ।

समितिले बैंकबाट कृषि, व्यापार, ब्यवसायका लागि ऋण लिएर विविध कारणले तिर्न नसकी टाट पल्टेर लिलामी हुने अवस्थामा पुगेकाहरूलाई बैंकहरूसँग समन्वय गरेर सहयोगीको काम गर्ने उद्देश्य रहेको अध्यक्ष कार्कीले बताए ।
कान्तिपुर दैनिकबाट

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग