Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हेलो सरकारमा घट्यो उजुरी

Published on 11:47:00 PM //


कल्पना घिमिरे
हेलो सरकारमा उजुरी गर्ने क्रम घटेको छ । गुनासोको सुनुवाई कम हुन थालेपछि उजुरी घटेको हो । सरकारले गत कार्तिकमा जनताको प्रत्यक्ष सरोकारसंग जोडिएका मुद्धा तत्काल समाधान गर्न फोनबाट गुनासो सुन्ने निकाय गठन गरेको थियो ।

नागरिकले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा स्थापित ट्रोल पि|m नम्बर ११११ मा फोन गरी गुनासो टिपाउन सक्छन् । 'स्थापना हुने बित्तिकै के रहेछ भन्ने चासोले पनि जनताले फोन गर्ने गर्थेर्,' प्रधानमन्त्री कार्यालयका प्रवक्ता जगदिश रेग्मीले भने, 'कतिपय समस्या तत्काल कार्यान्वयन गर्न मिल्दैन जसले गर्दा उजुरी टिपाउनेहरु निराश हुन्छन् ।'

कार्यान्वयन गर्न मिल्ने समस्या तत्काल सुनुवाइ भएको उनले दाबी गरे । 'प्रधानमन्त्री कार्यालयमा टिपिएका उजुरी सचिबहुदै मन्त्रीसम्म पुर्‍याउने व्यवस्था छ,' उनले भने, 'समस्या हेरी त्यस अन्तरगतको मन्त्रालयमार्फत सुनुवाइ हुन्छ ।' नागरिकता, अंश, जग्गा लगायतका मुद्धाहरु तत्काल समाधान गर्न गाह्रो हुने उनले बताए ।

प्रधानमन्त्री कार्यालयले प्रत्येक तीन महिनामा उजुरी सुनुवाइ भए/नभएको  एकमुष्ट विवरण सचिब र मन्त्रीलाई पेश गर्नुपर्नेछ । गत पुष महिनासम्म आएका उजुरीसम्बन्धी प्रतिवेदन दुई दिन अघि सचिब लिलामणी पौडेललाई बुझाएको हो । उक्त प्रतिवेदनले उजुरी गर्नेको संख्या घट्दै गएको देखाएको छ ।

सुरुवातका महिनामा दैनिक एक सय ५० भन्दा बढी उजरीहरु आउनेमा दोश्रो महिना सयको हाराहारीमा थिए भने अहिले घटेर ६० को हाराहारीमा पुगेको छ । तीन दिन अघि पेश गरिएको प्रतिबेदनमा पुष महिनासम्म ४ हजार ८ सय २१ उजुरी दर्ता भएको उल्लेख छ । जसमध्ये १ हजार ४ सय ५९ वटा फैसला भइसकेको छ भने तीन हजार ३ सय ६२ वटा उजुरीको सुनुवाइ हुन बाँकी छ ।

हेलो सरकारमा केही समय अघिसम्म पुल, बाटो नबनेको, सेना समायोजन,  शान्ती र संविधान लगायत विषयमा गुनासो आउने गर्थे । अहिले अधिकांश उजुरी ग्यास, पेट्रोल अभाव, लोडसेडिङ, महिला हिंसा लगायतका उजुरी आउने गरेको हेलो सरकार कक्षका कर्मचारी रामहरी न्यौपानेले जानकारी दिए ।
कान्तिपुर दैनिकबाट

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग