Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सदरमुकाममा सडक वत्ती विस्तार

Published on 7:50:00 AM //


पि.एम.मगर
गुल्मी जिल्लाको सदरमुकाम तमघासको प्रवेशद्धार देउरालीदेखि उपल्लो तमघाससम्मको सडकवत्ती आजदेखि सञ्चालनमा आएको छ। सडक वत्ती वालेर सो क्षेत्रको सडक वत्तीको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार वैदवारले वत्तीले सडकमा उज्यालो मात्र नभई अपराध नियन्त्रणलाई हटाउन समेत सहयोग पुगेको वताउनुभयो। साथै उहाँले सडक वत्ती सञ्चालनमा ल्याउनु अत्यन्तै महत्वपुर्ण पक्ष रहेको वताउँदै संवन्धित पक्षलाई धन्यवाद समेत दिनुभएको थियो।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यालय प्रमुख विनोद कुमार चौधरी, रेसुङ्गा सामुदायिक प्रहरी सेवा समाज गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठ, गुल्मी उद्योग वाणिज्य संघका सचिव ताराप्रसाद भुसाल लगायत स्थानीय उपभोक्ताहरुको समेत उपस्थिति रहेको थियो। उपल्लो तमघास देउराली सडक वत्ती उपभोक्ता समितिका अध्यक्ष कुशल पन्थीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। रेसुङ्गा सामुदायिक प्रहरी सेवा समाज, नेपाल विद्युत प्राधिकरण र स्थानीयवासीको गरी करिव १ लाख रुपैयाँको लगानीमा उक्त सडक वत्ती वाल्ने काम सम्पन्न गरिएको हरिकुमार श्रेष्ठले जानकारी दिनुभएको छ।
   

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग