Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाल्पा महोत्सबमा गुल्मी थोर्गाको उँखु पेल्ने समुह प्रथम

Published on 7:15:00 AM //


पाल्पामा जारी पश्चिमाञ्चल औधोगिक व्यापार मेला कृषि प्रदर्शनी एवं पर्यटन महोत्सवमा कृषि प्रदर्शनीमा प्रत्यक्ष उँखु पेलेर खुदो तैयार पार्ने गुल्मी थोर्गाको विजि ग्रुप प्रथम भएको छ । कुटिर उद्योग तर्फ मोनिका फर्निचर उद्योग प्रथम भएर पुरस्कार जितेको छ । उत्कृष्ट स्टलमा अर्गानिक भान्छाघरले प्रथम स्थान हासिल गरेको छ । उत्कृष्ट सजावटमा क्याफे दि सितलपाटीले पुरस्कार हात पारेको छ ।
पुरस्कृतलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टले सम्मान सहित पुरस्कार प्रदान गरेका थिए । फागुन ५ गतेदेखि नौ दिन सम्म चलेको महोत्सवको समापनका दिन शनिबार मेला स्थल तानसेन टुडिखेल मैदानमा सम्मान गरिएको हो ।
नाङ्लो वेस्टका प्रमुख श्यामसुन्दर कक्षपति सम्मानित भएका छन् । पाल्पामा २००८ सालमा जन्मेर १८ वर्षको उमेरमा होटल व्यवसायमा लागेका कक्षापतिलाइ पाल्पाली व्यवसायिको रूपमा सम्मान गरिएको हो । अपाङ्गलाइ रोजगारी दिएर उनले स्रहानीय काम गरेका छन् । तानसेन सितलपाटीमा नाङ्लो वेस्टको शाखा छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग